अखिल(क्रान्तिकारी)कालीकोटले संघिय सांसद रावतलाई ध्यानाकर्षण पत्र

7
SHARES
15
VIEWS

कालीकोट । अखिल(क्रान्तिकारी )कालीकोटले एमसिसिका विरुद्धमा संसदमा बोल्नु पर्नेमा टबल गरेर राष्ट्रिय हित विपरित काम भएको भन्दै ध्यानाकर्षण पत्र पठाएको छ । ध्यानाकर्षण पत्रमा राष्ट्रिय अखण्डता माथि गम्भिर प्रहार भएको भन्दै सांसद रावतलाई हाम्रो गौरवशाली इतिहास जोगाउनका निमित्त हामो संगठन अनेरास्ववियु क्रान्तिकारी कालिकोट पनि रास्तघाती सम्झौता खारेज गर्न सडक देखि सदन सम्म प्रतिरोध गर्न तयार छ यसमा सदन मा संघर्ष गर्नका निमित्त जनता ले सदन मा हजुर लाई पठाएका छन त्यसैले जनता को अपेक्षा र मत बेगर निर्णय लिने अधिकार पनि हजुरमा छैन भन्दै सचेत भएर अघि बढ्न अनुरोध गरिएको छ । ध्यानाकर्षण पत्रमा एमसिसि टेबल गर्न माओवादी पार्टीको ठुलो कमजोरी भएको भन्दै विरोध जनाइएको छ ।
ध्यानाकर्षण जस्ताको त्यस्तै
श्री माननीय दुर्ग बहादुर रावत ज्यु
प्रतिनिधि सभा निर्वाचित सांसद
कालिकोट
बिषय : ध्यानाकर्षण सम्बन्ध मा

उपरोक्त समबन्धामा अमेरिकी सहयोग भनिने(मिलिनियम च्यालेन्ज कर्पोरेसन) एमसिसि हाम्रो स्वतन्त्र देश नेपाल को सार्वभौमता स्वाधीनता र रास्टिय अखण्डता माथि गम्भीर प्रहार हुने निश्चित छ र उक्त सम्झौता मा उल्लेखित बुदा हरु बाट प्रष्ट देखिन्छ । सरकार छोडेर एमसिसि टेबुल हुन बाट रोक्न नसक्नु हाम्रो पार्टी माओवादी केन्द्र बाट ठूलो गल्ती भैसकेको छ । यसर्थ पार्टी को शक्ति मेरुदण्ड वाइसिएल नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले सडक बाट सदन लाई दवाब दिएको पनि सबैलाई लाई अवगत नै छ । यसैगरी हाम्रो गौरवशाली इतिहास जोगाउनका निमित्त हामो संगठन अनेरास्ववियु क्रान्तिकारी कालिकोट पनि रास्तघाती सम्झौता खारेज गर्न सडक देखि सदन सम्म प्रतिरोध गर्न तयार छ यसमा सदन मा संघर्ष गर्नका निमित्त जनता ले सदन मा हजुर लाई पठाएका छन त्यसैले जनता को अपेक्षा र मत बेगर निर्णय लिने अधिकार पनि हजुरमा छैन र हुदैन पनि । देश र देशको स्वाधीनता भन्दा ठूलो पार्टी र पार्टी नेतृत्व न मानी स्वतन्त्र जनता र देशको हित बिपरित कार्यका विरुद्ध ओकल्न अनुरोध गर्दछौ ।
सरकार र सत्तको लोभमा जनता भुल्याउने र वैदेशिक सहयोग का नाममा राष्ट्रप्रती आँच आउने र देश बिदेशी दलाल हरुका हातमा सुम्पिन कसैले खोज्छ भने खबरदारी दिनुहोस हामी सिंगो संगठन पार्टी तपाई को पक्षमा हुनेछौ । भन्दै यो ध्यानाकर्षण पत्र बुझाउछौ। धन्यवाद

अनेरास्ववियु क्रान्तिकारी
कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित