जनक्रान्तिका घाईते यौद्धा संगठनको अध्यक्षमा कटुवाल,सचिव विनोद चौलागाई

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेतमा सम्पन्न भएको जनक्रान्तिका घाईते तथा अपांग यौद्धा संगठनको अध्यक्षमा अर्जुन कुमार कटुवालल सहित पदाधिकारी सर्वसम्मत चयन गरिएको छ ।

जसको उपाध्यक्षमा स्वर्णिम कुमार बांठा,सचिवमा कालीकोटका विनोद चौलागाई,सहसचिव अशोक तिरुवा र कोषाध्यक्ष बसन्ति परियार रहेको कर्नालि प्रदेश कमिटि चयन भएको बताइएको छ । नेकपा(माओवादी केन्द्र )निकट जनक्रान्तिका घाईते तथा अपांगा यौद्धा संगठनको समितिमा कालीकोटबाट पलांताका शक्ति भण्डारी(कोपिला),भावना कठायत पचालझरना,कालि बहादुर नेपालि खांडाचक्र,अनन्त अधिकारी सहित ३५ सदस्य कमिटि गठन गरिएको शक्ति भण्डारीले बताउनु भएको छ  ।जनयुद्धका क्रममा घाईते,अपांगहरुको हितमा काम गर्ने बताइएको छ ।

शनिवार कर्नालि प्रदेशका पहिलो मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रथम सम्मेलनले विनर महताराको अध्यक्षतमा संचालन भएको थियो । कर्नालि प्रदेशमा करिव तिन वर्ष सम्म यस संगठनको कर्नालि प्रदेश कमिटि अध्यक्षको जिम्मेवारी महताराले लिदै आउनु भएको थियो ।

आउने दिनमा जनयुद्धका क्रममा घाईते अपांगहरुको एकिन विवरण निकाल्ने र विभिन्न पालिकाले के कति अपांग तथा घाईतेहरुको हितमा काम गरेका छन सो को जानकारी गरिने भण्डारीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित