कालीकोट । पचालझरना स्थित सरस्वती माबी भिटाले आफ्नो २७ औं वार्षिक उत्सव मनाएको छ ।
कम्प्युटर शिक्षा अध्यायन थालेको उक्त माबिले छोटो समयमा दक्ष जनशक्ति उत्पादन गरेकोमा बिद्यालयको प्रगतिको कामना गरिएको छ । बुधबार आयोजना गरिएको २७ औ स्थापना दिवश तथा वार्षिक उत्सवमा बोल्दै पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले सरस्वती माबी भिटा नानिकोटले कम्प्युटरको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आग्रह गर्नु भएको छ ।
सो बिद्यालयले वार्षिक उत्सवमा खेलकुद लगाएतका कार्यक्रम गरेको थियो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एबंम पचालझरना गाउँ पालिकाका पुर्व कार्याकारी प्रमुख छ्क्क बहादुर शाहिको अध्यक्षता तथा पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको बताइएको छ ।
Discussion about this post