वाइसीएल पार्टीको दाहिने हात हो -केन्द्रिय सल्लाहकार सदस्य अनिपाल शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार सदस्य तथा जिल्ला समन्वय समिती कालीकोटका प्रमुख अनिपाल शाही(पराकर्मि)ले वाइसीएल पार्टीको दाहिने हात भएको बताउनु भएको छ । वाइसीएल नेपाल कालीकोटको तेस्रो बिस्तारीत बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सल्लाहकार सदस्य शाहीले पार्टीको भाबी नेतृत्व सम्हाल्ने युबा भएकाले सबै आ आफ्नो क्षमताको बिकाश गरेर अघि बढ्न निर्देशन समेत दिनु भएको छ । पार्टीमा आउने हरेक चुनौतीको सामना गर्न युबाले विशेष भुमिका निर्बाह गर्नु पर्ने जिम्मेवारी कांधमा आएकाले चौतर्फी रुपमा लाग्न समेत अनुरोध गर्नु भएको छ । सो कार्यक्रममा आगामी स्थानीय तहको निर्वाचन केन्द्रित भएर सम्पुर्ण जनबर्गिय संगठनले पालिका स्तरमा अभियान संचालन गर्न पार्टी अघि बढ्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित