सुर्खेतमा प्रचण्ड माथि ढुंगा प्रहार भएको भ्रम सृजना गर्ने कानुनविदलाई के होला ?

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र) कर्नालि प्रदेशले आयोजना गरेको राजनैतिक तथा बैचारिक प्रशिक्षणमा सहभागि अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) माथि ढुंगा प्रहारको भ्रम सृजना गर्ने कालीकोटका कानुन विद रहेका छन ।

कर्नालि प्रदेश राजधानि सुर्खेतको सिटीहलमा भएको कार्यक्रममा सरिक भएका प्रचण्ड माथि ढुंगा प्रहार भएको कुरा फेसबुकमा पोष्ट गर्ने कालीकोट रास्कोट नगरपालिकाका वडा न.९ निवासि कानुनविद तथा बडिमालिका मावि रास्कोटमा अध्यापन गराउदै आएका राजु बोगटी(राजबहादुर बोगटी) रहेको पुष्टि भएको छ ।उनले सुर्खेतमा कार्यक्रम शुरु हुदै गर्दा दिउसो २/३ वजेको समयमा फेसबुकमा तिन वर्ष अघि काठमाडौंमा भएको कार्यक्रमको फोटा राखेर प्रचण्ड माथि ढुंगामुडा प्रहार हुनुका साथै चस्मा समेत फुटेको पोष्ट गरेका थिए । उनले पोष्ट गरेको केही समय पछि पोष्ट भने हटाइसकेका छन ।  यस अघि पनि पटक पटक रास्कोटमा भए गरेका काम कार्वाहीहरुको समेत कडा रुपमा फेसबुक मार्फत पोष्ट गर्दै आएका थिए ।

बोगटी नेकपा(एमाले) कालीकोटका भुगोल तर्फका जिल्ला कमिटि सदस्य समेत रहेका बताइएको छ।

भ्रम सृजना गरेको फोटा
फेसबुक वालबाटभ्रम सृजना गरेको फोटा

नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको कार्यक्रममा सुर्खेतमा कार्यक्रम स्थलमा प्रचण्ड सरिक हुंदा केही नभएको बताइएको छ । सो कार्यक्रममा शान्तपूर्वक कार्यक्रम सम्पन्न भएको नेकपा(माओवादी केन्द्र)ले जनाएको छ ।सो कार्यक्रममा उच्छृंखल समुह विशेष गरी नेकपा(एमाले)को विचित्रका साथ माओवादी केन्द्रका विरुद्ध गतिविधि गर्न लागि परेको बताइएको छ ।

सो घटना संबन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक सुचना जारी गर्दै अनर्गल र आधारहिन भएको जनाएको छ । सो सुचनामा यस प्रकारका भ्रमपूर्ण समाचारले शान्तिसुरक्षाको कदृष्टिकोणले गम्भिर प्रकृतिको भएको बताउदै विद्युतिय कारोबार ऐन २०६३ बमोजिम कार्वाही गर्ने जनाएको छ ।

सो घटना पछि पुष्पकमल दाहाल(प्रचण्ड)ले कर्नालि प्रदेशको राजधानि सुर्खेतमा बडो उत्साहका साथ कार्यक्रताको उपस्थिति संगै प्रशिक्षण कार्यक्रम सफल भएको बताउदै आफु माथि झुटा भ्रम फैलाइएकोमा नेकपा(एमाले) प्रति इंकित गर्दै बडो विचित्रका साथ भ्रम सृजना गर्न लागि परेको बताउनु भएको छ ।

लुम्बिनि प्रदेशको बांके जिल्लाको कोहलपुर नगर समितिले आयोजना गरेको पार्टी कार्यक्रताहरु संगको साक्षात्कार कार्यक्रममा प्रचण्डले देशैभर माओवादी एजेण्डामा एक पछि अर्काे सफलता र गठनबन्धनका कारण अतालिएकाहरुले भ्रम सृजना गरेर केही नहुने बताउनु भएको छ । कोहलपुरमा भएको कार्यक्रममा प्रचण्डले अबको स्थानिय तहको निर्वाचनमा संविधान माथि हमला गर्नेहरु विरुद्ध सबै जनताले सोच्नु पर्ने बेला आएको बताउनु भएको छ । कोहलपुर नगर समिति अध्यक्ष अबराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा सयौं नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित