हिमचुली कृषि सहकारी थुप्रै चुनौतीका साथ प्रगती तर्फ अघि बढेको हो- पुर्ब कार्यकारी प्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्थाका पुर्ब कार्यकारी प्रमुख भीम प्रसाद बरालले २०६५ सालमा स्थापना भएको सहकारीले थुप्रै चुनौतीका साथ अघि बढेको बताउनु भएको छ ।

हिमचुली कृषि सहकारी संस्था लिको फिल्ड सहायकहरुको क्षमता अभिबृद्वी तालिमको समापनका क्रममा बोल्दै पुर्ब कार्यकारी प्रमुख बरालले बिगतको इतिहासलाई सम्झिदै कालीकोट जस्तो ठाउँमा सहकारीले गैर सरकारी संस्थाको बिकल्पको रुपमा अघि बढेको बताउदै सबै कर्मचारीले तनमनका साथ लागेर कालीकोट बासिलाइ आत्मनिर्भर बनाउन लाग्नु पर्नेमा जोड दिनु भएको छ ।

फागुन २९ गते देखि  चैत्र १ गते सम्म संचालन भएको क्षमता अभिबृद्वी तालिमको प्रमुख प्रशिक्षक रहेका बराल २०६६ देखि २०७५ साल सम्म कार्यकारी प्रमुखको जिम्मेवारी पूरा गर्दै आउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित