माओवादी केन्द्रले निर्वाचन परिचालन कमिटि गठन गर्यो ?कुन पालिकामा को जिम्मेवारी ?

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकीदै जांदा राजनैतिक दलहरुको सक्रियता बढ्न थालेको छ । विभिन्न स्तरमा छलफल तथा बैठकको क्रम बढाउने क्रम संगै ठाउँ ठाउँमा जिम्मेवारी तोक्ने काम भएको छ । सोही क्रममा नेकपा(माओवादी केन्द्र) कालीकोटले स्थानिय तहको निर्वाचन परिचालन कमिटि गठन गरेको छ ।

चैत्र १ गते पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विष्णु विकको उपस्थितिमा बसेको बैठकले तिन नगरपालिका र छ गाउँ पालिकामा जिम्मेवारी तोकेको छ । जस अनुसार नरहरीनाथ गाउँ पालिकानिर्वाचन परिचालन कमिटिको संयोजक बिष्णु बहादुर बिक,सान्नित्रिबेणि संयोजक जिवन बहादुर बुढा ,सहसंयोजक डम्बर बहादुर शाहीलाई तोकिएको छ भने रास्कोट नगरपालीका संयोजक काशिचन्द्र बराल,पचालझरना गाउँपालीका संयोजक देबराज शाही,पलाता गाउँपालीका संयोजक अनन्त बिकलाई तोकिएको छ ।

त्यसै गरी खाडाचक्र नगरपालीकामा संयोजक लक्ष्मी प्रसाद चौलागाइ,तिलागुफा नगरपालीका संयोजक दुर्ग बहादुर रावत,महावै गाउँपालीका संयोजक यसोदा न्यौपाने र सह संयोजक सर्पराज सिंह रहेका छन ।शुभकालीका गाउँपालीका संयोजक धनजीत बहादुर शाही र सहसंयोजक जयबहादुर महतारा रहेको जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)ले बताउनु भएको छ ।

त्यसै गरी बैठकले जनक्रान्तिका घाइते अपाङ्ग योद्धा संघ,पुर्व जनमुक्ति सेना संगठन र शहिद परिवार समाजलाई पालिका र वडास्तरमा गठन गर्ने निणर्य गरिएको छ । सोही अनुसार जिम्मेवारी तोकिएको बताइएको छ । बैठकले सबै तहका संगठनको अध्यक्ष,सचिव तथा कोषाध्यक्षकोृ नाममा बैंक खाता संचालन गर्न समेत निर्देशन दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित