कालीकोट। जनयुद्धको समयमा जनादेश साप्ताहिकमा काम गर्दै आएका नेकपा( माओवादी केन्द्र)निकट प्रेस संगठन कालीकोटका क्रान्तिकारी पत्रकार संघका पहिलो जिल्ला संयोजक पर्व शाहीले एमाले प्रबेश गरेका छ्न ।नेकपा( माओवादी केन्द्र)ले कर्नाली प्रदेश र जिल्लामा मनोनित गरेको भोलिपल्ट (शनिबार) शाहिले एमाले प्रवेश गरेका हुन ।नेकपा( एमाले)जिल्ला कार्यलयमा सो पार्टीका केन्द्रिय सदस्य नगेन्द्र शाही र जिल्ला अध्यक्ष जशी पाण्डेले शाहिलाइ स्वागत गरेको बताइएको छ । शाहीले आफ्नै घरमा फर्केको सामाजिक संजाल मार्फत जानकारी गरेका छ्न । तिलागुफा बाट उनि जिल्ला समन्वय समितिमा सिफारिस नभएपछि एमाले प्रबेश गरेको हुन सक्ने बताइएको छ ।
Discussion about this post