माओवादी केन्द्रको खांडाचक्रको नगर प्रशिक्षण सम्पन्न,गाउँ गाउँमा समाजवाद उन्मुख सम्बृद्धिमा नेताहरुको जोड

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरमा माओवादी केन्द्रको पार्टी प्रशिक्षण सम्पन्न भएको छ ।नेकपा(माओवादी केन्द्र) खांडाचक्र नगरकमिटि अध्यक्ष धनलाल अधिकारीको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज यशोदा न्यौपानेको विशेष उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्ने नेताहरुले पार्टीले तय गरेको समाजवाद उन्मुख सम्बृद्धिका लागि स्थानिय सरकार भन्ने मुल नारालाई स्थापित गर्न माओवादीले जित्नै पर्नेमा जोड दिएका छन । कार्यक्रमका प्रमुख अतिथि यशोदा न्यौपाने,केन्द्रिय सल्लाहकार तथा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाही,जिल्ला समन्वय समितिका संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र)प्रदेश कमिटि सदस्य तथा निर्वाचन क्षेत्र कको इन्चार्ज गंगा खड्का, नगर इन्चार्ज सरोज बोगटी(विपिन)कर्नालि प्रदेश कमिटि सदस्यत गणेश शाही (आकाश) लगाएतका स्थानिय सरकारमा माओवादीले जित हांसिल गरेपछि मात्र जनताको भनेको हुने भएकाले सबैले गाउँ टोल तथा वडामा लाग्न अनुरोध गरेका छन ।

प्रशिक्षण कार्यक्रममा गाउँ कमिटिका सदस्यहरुले आगामि चुनावका विषयमा नेताहरुलाई सुझाव सल्लाह दिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि यशोदा न्यौपानेले माओवादी केन्द्रका सबै तहहरुमा विगतको समिक्षा गरेर आगामि स्थानिय तहको निर्वाचन जित्ने गरेर व्यापक मात्रमा लाग्न निर्देशन दिनु भएको छ ।

न्यौपानेले अहिलेका अवस्थामा हामी सबै ठाउँमा बलियो रहदै आएकाले खांडाचक्र माओवादीको जित हुने ठोकुवा गर्दै स्थानिय स्तरमा कुन वडामा कस्लाई उम्मेद्धार बनाउने भन्ने बारेमा सर्वसम्मत छनोट गर्ने समेत आग्रह गर्नु भएको छ ।

प्रशिक्षणको अन्तमा नगर कमिटिको बैठकले लिएका निणर्यका बारेमा जानकारी दिदै नगर अध्यक्ष धनलाल अधिकारीले सबै वडा स्तरमा व्यापक मात्रामा अभियान संचालन गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित