रास्कोटमा ९ रुपैयामा नुन पाइने

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले ढुवानि अनुदान सहित आयोडिन युक्त नुन पहिलो पटक रास्कोटका गाउँमा वितरण शुरु गरिएको छ । स्थानिय सरकारको आग्रहमा नेपाल साल्ट ट्रेनिंग कर्पाेरेशनले रास्कोटका  ३ हजार ४ सय घरधुरीका नागरिकहरुलाई प्रति घरपरिवार ११ केजि नुन वितरण शुरु गरेको छ । कालीकोटका गाउँ गाउँमा सदरमुकामबाट ल्याएको आयोडिन नुन स्थानिय व्यापारीले प्रति केजि ५० देखि ६० रुपैयामा विक्रि हुने गरेको छ ।

साल्ट ट्रेनिंग कर्पाेरेशन डिपो कार्यालय कालीकोटको पहलमा रास्कोटमा चैत्र ५ देखि १२ गते सम्म वडा कार्यालयको सिफारिस ल्याएर ढुवानि अनुदानमा प्रति केजि ९ रुपैयामा नुन वितरण शुरु भएको रास्कोट नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको छ । उक्त नुन वितरणको कार्य पहिले देखि शुरु गर्न खोजे पनि विविध कारणले हुन नसकेको पनि पहिलो पटक रास्कोटमा नुन वितरण हुंदा स्थानियमा खुशियालि छाएको छ । रास्कोट नगरपालिकाका स्थानियले गाउँमा आयोडिन युक्त ढुवानि अनुदानमा नुन पाउदा खुशि भएको बताएका छन । निरन्तर रुपमा नुन पाउने गरेर परिचय पत्र बनाउने तयारी भएको नगर प्रमुख बरालले बताउनु भएको छ।उक्त नुन रास्कोटका कर्मचारीलाई भने ५ केजि मात्र उपलब्ध गराइने भएको छ ।

स्थानियहरुले आयोडिन युक्त नुन ल्याउन एक दिनको बाटो हिंडेर सदरमुकाम मान्म आउनु पर्ने बाध्यता रहदै आएको थियो । स्थानियले भने निरन्तर रुपमा रास्कोटबाट नुन वितरण गर्न माग गरेका छन । आउदो दिनमा रास्कोटमा सहायक डिपो संचालन गरेर नुन वितरणको कार्यको थालनि गर्ने नगरपालिकाले जनाएको छ ।

जिल्लाका कुनै पनि स्थानिय तहमा नुन वितरण हुन सकेको छैन । गाउँ घरमा अहिले पनि ढिके नुनको प्रयोग हुंदै आएको रास्कोटका व्यापारीहरुले बताएका छन ।

उनिहरुले सदरमुकाम जानु पर्ने र आवतजावतमा लाग्ने खर्चले गाउमा नुन पाउने भएपछि ढिके नुन प्रयोग गर्दै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित