जनताका काम अस्तब्यस्त छोडेर राजिनामा दिनु उचित हुन्न-नगर प्रमुख बराल

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचन नजिकिदै जाने क्रममा जनप्रतिनिधिले राजिनामाको कुरा उठिरहेको बेला रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले आफ्नो कार्यकालमा गरेका कामको नगर स्तरीय समीक्षा सहित चालू आर्थिक वर्षका काम कामकारबाहीलाई ब्यबस्थित गरेर राजिनामा दिने बताउनु भएको छ । रास्कोट नगरपालिकामा नगर सभा गरेर केही नितिगत कुराहरु जरुरी भएको र  यस वर्षमा गर्ने कामकारबाही के कति सम्पन्न भए र कति बांकी छ्न ।त्यसको बारेमा सम्पन्न गर्न के गर्नु पर्छ सोही अनुसार अघि बढ्ने बताउनु भएको छ । सरकारका कामलाइ अस्तब्यस्त छोडेर सुरमा राजिनामा दिनु उचित नहुने बताउदै नगर प्रमुख बरालले पालिका स्तरमा कामको सुचि तयारी गरेर ५ वर्ष सम्म गरेका कामको स्तम्भ बाहिर ल्याउने बताउनु भएको छ । रास्कोट नगर पालिकाले नगरको बिकाशका लागि दिर्घकालिन रणनिती तय गर्नुका साथै थुप्रै  नमुना योग्य काम गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित