कालीकोट । पचालझरना उपाध्यक्ष तारा न्यौपाने( साधना)ले राजनीति कुनै ब्याबसाय जस्तो आम्दानी हुने क्षेत्र नभइ जनताकोन सेवा गर्ने क्षेत्र भएको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको कोटिलामा आशा परियोजनाले गरेको अनुगमन कार्यक्रममा कृषकहरु संग अन्तरक्रिया कार्यक्रममा बोल्दै उपाध्यक्ष न्यौपानेले अहिले स्थानीय सरकारका जनप्रतिनिधिहरुले भस्ट्राचार गरेको भन्नेहरुलाई चुनौती दिदै हाम्रो नाममा खाता संचालन हुने र उपभोक्ता समितिले काम गरेर भुक्तानी लिने गरेको बताउदै कुन उपभोक्ता समितिले कति रकम जनप्रतिनिधिलाई दिएको छ प्रमाण सहित पेश गर्न चेतावनी दिनु भएको छ ।
उपाध्यक्ष न्यौपानेले बरु पंच्यायत देखि अहिले सम्म खान पल्केकाहरुले खान नपाएकाले भस्ट्राचारको कुरा गरेको बताउनु भएको छ ।
त्यसका साथै बिगतमा नेताको छोरा नेता हुने,शिक्षकको छोरा शिक्षक हुनु पर्छ र किसानको छोरा किसान नै हुनु पर्छ भन्ने नकारात्मक बुझाइ भएकाले अहिले किसानको छोरा नेता हुंदा हिजोका राजनैतिक गरेकाहरुलाइ पचाउन कठिन भएको जिकिर गर्नु भएको छ ।
आशा परियोजनाका बारेमा स्थानीय अग्रबहादुर शाहीले भाबी दिनमा कामलाइ निरन्तरता दिन आग्रह गरेका छ्न ।
Discussion about this post