माओवादी केन्द्र निकट कर्मचारीको पांचौ जिल्ला सम्मेलन पुर्ब मुख्यमन्त्री शाही द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)निकट नेपाल रास्ट्रीय कर्मचारी महासंघ कालीकोटको पांचौ जिल्ला सम्मेलन शुरु भएको छ । कालीकोट जिल्लाका माओवादी आस्थावन कर्मचारीहरुको र्‍याली सहित सम्मेलन उद्घाटन गरिएको हो । उक्त सम्मेलनमा संगठनका जिल्ला अध्यक्ष प्रकाश देबकोटाको अध्यक्षता तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्मेलन शुरु भएको बताइएको छ ।सम्मेलनमा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य बिस्णु बिक,यसोदा न्यौपाने,प्रदेश सचिब धनजित शाही लगाएतका नेताहरुको साथै कर्मचारी संगठनका केन्द्रिय सदस्य कटक महतको सहित कर्मचारीहरुको उपस्थिति रहेको छ । सो  सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने आयोजकले बताएको छ ।नेपाल रास्ट्रीय कर्मचारी संगठन निजामती र रास्ट्रीय कर्मचारी महासंघको सयुक्त जिल्ला सम्मेलन शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित