रास्कोटमा ५ वर्षमा ८० प्रतिशत सफलता भएको छ -मेयर बराल

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाले नवौं नगर सभा गरेर ५ वर्ष कार्यकालको समिक्षा गरेको छ । २०७४ साल देखि २०७८ साल सम्म रास्कोट नगरपालिकाले गरेका कामको बारेमा समिक्षा गर्दै ८० प्रतिशत सफलता हांसिल गरेको निष्कर्ष निकालेको छ ।

रास्कोट नगरपालिकामा स्थानिय निर्वाचनमा गरेका बाचा अनुरुप अस्पताल निर्माण,प्रशासकिय भवन,विद्यालय तथा स्वस्थ्य संस्थाका नमुना योग्य भवन निर्माण देखि विकास निर्माणका काममा तिव्रता आएको बताइएको छ । रास्कोट नगरपालिकामा देशकै उत्कृष्ट काम युवालाई रोजगारी दिन श्रम रोजगार बैंक स्थापना देखि प्रत्येक टोलमा सडक,आरसिपि बजारलाई स्मार्ट सिटीका लागि आधार तयार तथा सान्तिघाट देखि स्युना सम्मको सडक कालोपत्रको शुरुवात हुनुले ठुलो उपलब्धि हांसिल गरेको बताइएको छ ।

रास्कोट नगरपालिकाले कृषिमा भुमि बैंकको शुरुवात गर्नुका साथै अन्य बांकी कामको आगामि कार्यकालमा पुरा गर्ने गरी अघि बढ्ने नगर प्रमुख काशिचन्द्र बरालले बताउनु भएको् छ । रास्कोट नगरपालिकाका वडा न. १,३,४,६,७ वडामा नेकपा(माओवादी केन्द्र)ले सहित प्रमुख र उपप्रमुख विजयि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित