मजदुर दिवसमा राजधानीमा माओवादी र्याली, मुल्य वृद्धि तत्काल फिर्ता गर्न र तलब बढाउन माग

7
SHARES
15
VIEWS

काठमाडौं ।अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा राजधानी काठमाडौंमा विशाल र्यालीको आयोजना गरिएको छ । अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा नेकपा माओवादी केन्द्रको भातृ संगठन ट्रेड युनियन महासंघले दरबारमार्गदेखि शहीदगेटसम्म प्रभातफेरीसहित र्यालीको आयोजना गरेको हो ।

माओवादी केन्द्रलाई विजय गराऔं भन्ने नारा लेखिएको गोलाकारभित्रको हाँसिया हतौडा अंकित चिुनाव चिन्ह भएको टिसर्ट सहितका माओवादी कार्यकर्ताहरुको र्याली शहीद गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै माओवादी उपत्यका विशेष प्रदेश समिति अध्यक्ष समेत रहेका मजदुर संगठनका अध्यक्ष तथा बागमती प्रदेश सांसद जगत सिंखडाले शान्ति र विकासको लागि माओवादी केन्द्रलाई जिताउन आवश्यक भएको बताउनुभयो ।

सिंखडाले मजदुरको पक्षमा संघर्ष गर्ने पार्टी माओवादी मात्रै भएको भन्दै माओवादीकै एजेण्डामा देश अगाडि बढिरहेकाले जसको नीति र एजेण्डा छ उसैको नेतृत्व हुनुपर्ने दावी गर्नुभयो । उहाँले सरकारले गरेको उपभोग्य पदार्थको मुल्य वृृद्धि तत्काल फिर्ता गर्न तथा मजदुरको तलब बढाउन पनि माग गर्नुभयो ।

सिंखडाको भनाई थियो मजदुर र श्रमिक जनताको ढाड सेक्ने गरी भएको मुल्य वृद्धि तत्काल फिताए नगरे हामी कडा संघर्ष गर्न बाध्य हुन्छौं । उहाँले माओवादीलाई जिताउन लाखौं मजदुरहरु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको सन्देश आजको र्यालीले दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित