पचालझरना र पलातामा प्रथम मुख्यमन्त्रि द्धारा आमसभालाई सम्बोधन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । स्थानिय तहको निर्वाचन नजिकिदै जाने क्रममा कालीकोट जिल्लामा राजनौतिक गतिविधि तिव्र हुन थालेका छन । जिल्लामा गठबन्धन दलको बैठक बसिरहेको छ भने अर्काे तिर गाउँमा राजनैतिक भेटघाट तथा चहलपहल पनि बढ्न थालेको छ । सोही क्रममा नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले जिल्लाका पालिका स्तरका जनसभालाई सम्बोधन गर्न जिल्ला केन्द्रित हुनु भएको छ ।

जिल्ला सदरमुकाम मान्ममा कर्मचारीहरुको पांचौ जिल्ला सम्मेलनलाई सम्बोधन लगत्तै महाबै गाउँ पालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु भएको छ भने जिल्ला स्थित राजनैतिक दलहरु संगठबन्धन बारे छलफल गर्नु भएको बताइएको छ ।

त्यसै गरी पचालझरना गाउँ पालिकामा आयोजित जनसभा तथा पार्टीको बैठकका लागि प्रस्थान गर्नु भएको बताइएको छ । त्यसै गरी सोमबार पलांताको राडुनेटामा जनसभा तथा पार्टी प्रशिक्षण कार्यक्रम तय भएको बताइएको छ ।

जिल्लाका रास्कोट,सान्नित्रिवेणि र नरहरिनाथ गाउँ पालिकाकामा यस महिना भित्र जनसभा तय भएको माओवादी केन्द्र कालीकेटले जनाएको छ । सो जनसभामा जिल्ला इन्चार्ज विष्णु विक(विकल्प),सहइन्चार्ज यशोदा न्यौपाने(पूर्णिमा),संघिय सांसद दुर्ग रावत, राष्ट्रिय सभाका पुर्व सदस्य जिवन बुढा लगाएतका नेताहरुको सभागिता रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित