कालीकोट । नेकपा(माओवादी केन्द्र कालीकोटका स्थानिय तहमा उम्मेद्धारको टुंगो लगाउन थालेको छ । लामो छलफल बहस पछि आज महाबै गाउँ पालिकाको उम्मेद्धारको टुंगो लगाएको छ ।
महाबै गाउँ पालिकामा अध्यक्षमा खेमबहादुर सिंह(भिजन) र उपाध्यक्षमा महिला नेतृ कृष्णकला शाही(काफ्ले)(विनिता)लाई सिफारिस गरेको छ । महाबै गाउँ पालिका संगै यस अघि तिलागुफा नगरपालिकाले दिनेश चंदारा अध्यक्ष र गिता कमाुरी थापालाई उपाध्यक्षमा सर्बसम्मत गरेको थियो । जिल्लाका अन्य स्थानिय तहमा भने छलफल जारी रहेको माओवादी केन्द्र कालीकोटले जनाएको छ ।
केही दिन पछि उम्मेद्धारको टुंगो लगाउने गरी छलफल भइरहेको जिल्ला समन्वय समिति कालीकोटका संयोजक लक्ष्मि चौलागाईले बताउनु भयो । त्यसका सौ वहाँले गठबन्धन दलहरु संग छलफल समेत भइरहेको बताउदै जिल्लामा गठबन्धन दलहरु संगको सहकार्य गरेर अघि बढ्ने बताउदै भागबण्डा भएमा आफुहरुले छोड्ने अवस्था आएपनि तयार रहने गरी उम्मेद्धारको टुंगो लगाउन थालिएको बताउनु भएको छ ।
Discussion about this post