कालीकोटमा २ जनाले जिते कोरोना, आजै घर पठाइयो

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्ला सदरमुकाम मान्ममा भएको आइसोलेसनमा रहे ४ जना मध्ये आज २ जनालाई डिस्चार्ज गरिएको छ ।

जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका निमित्त स्वस्थ्य कार्यालय व्यवस्थापक डा.भिष्म प्रसाद पोख्रेलका अनुसार  कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट विहवार  पिसिआर रिर्पाेट नेगेटिभ आएका शुभकालिका ५का २६ वर्षिया १ जना पुरुष र सान्नित्रिवेणि २का २० वर्षिया एक जना महिला रहेको बताउनु भएको छ ।

यस अघि सो आइसोलेसनबाट २५ जना निको भएर घर गएका थिए । कोरोना संक्रमित भएकाहरुलाई आइसोलेसनबाट घरमा २१ दिन सम्म होम क्वारेन्टाइनमा बस्ने समेत सुचित गराइएको बताइएको छ ।

अहिले जिल्लाभर पछिल्लो समयमा १४ जना सान्नित्रिवेणि गाउँ पालिकाका गरी १६ जना मात्र आइसोलेसनमा रहेको बताइएको छ । कालीकोट जिल्लाका अधिकांस स्थानमा रहेका क्वारेन्टाइनमा आरडिटी परिक्षण गरी पठाइएको प्रति जिल्ला वासिमा आशंका बढेपनि पछिल्लो समय पिसिआर परिक्षण गरी मात्र घर पठाउन नागरिकहरुले आवाज उठाउदै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित