कालीकोट । पचालझरनामा नेकपा(माओवादी केन्द्र)बाट गाउँ पालिका अध्यक्षमा देबराज शाही र उपाध्यक्षमा अल्किना बमको उम्मेदवार परेको छ ।यस अघि उपाध्यक्षमा मिना रावतको सिफारिस भएपनी पार्टीको निर्णय अनुसार अल्किना बम सेजुवाललाइ उम्मेदवारी दिन लगाए संगै पचालझरनामा माओवादी केन्द्रको एकल नेतृत्वले बिजयी हुने दाबी गरेको छ ।
अन्य स्थानीय तहमा बागी संगै पार्टी भित्र बिबाद भएपनी पचालझरनामा निर्बिबाद सहमतिका आधारमा उम्मेदवार दिएको बताइएको छ ।
आजको मनोनयनमा नेपाली कांग्रेस बाट टेक बहादुर बोगटीले उम्मेदवारी दिएका छन भने बिप्लव नेकपा बाट मनिलाल ऐडीले समेत उम्मेदवारी दिएको बताइएको छ ।
देबराज शाही पुर्ब जनमुक्ति सेनाका बिर्गेड कमान्डर हुन भने अल्किना बम तीन वर्ष बढी जेल जीवन बिताएकी महिला नेतृ हुन ।
Discussion about this post