पचालझरनाको मतगणना निर्वाचन आयोगको पर्खाइमा

7
SHARES
15
VIEWS

कालीकोट। पचालझरना गाउँ पालिकाको वडा नम्बर २ को फर्जी मतका कारण विवादले मतगणना रोकिएको छ । बैशाख ३० गते पचालझरना २ कालिका माबी खरकोट मतदान केन्द्रमा फर्जी मतका कारण ५८८ मतदातामा ३१६ले मतदान गरेकाले सो मतदान ५४ प्रतिशत खसेको भन्दै निर्वाचन आयोगले सोहिलाइ आधार बनाइ पुन निर्वाचन नगर्ने भनेपनी नेपाली कांग्रेस,एमाले र बिप्लव नेकपाले असहमति जनाएपछी मतगणना रोकिएको बताइएको छ । निर्वाचन अधिकृतको कार्यलय पचालझरनालाई उद्र्त गर्दै सहकर्मी केशब शाहिले दिएको जानकारी अनुसार दलहरुको धारणाका बारेमा लेखी पठाइएको र निर्वाचन आयोगको निर्देशन अनुसार अघि बढ्ने बताइएको छ। जिल्लाका रास्कोट नगरपालिका लगाएतका ठाउँमा मतगणना जारी रहेको छ भने पलाता गाउँ पालिकामा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार बिस्णु रोकाया र तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका शंकर उपाध्याय बिजयी भैसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित