शुभकालीकामा अध्यक्षमा माओवादीका गोबिन्द र उपाध्यक्षमा कांग्रेसकि धर्मा बिजयी

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनमा शुभकालिका गाउँ पालिकामा गठबन्धन दलका तर्फबाट अध्यक्षमा नेकपा(माओवादी केन्द्र)गोबिन्द आचार्यले २४०९ र उपाध्यक्षमा नेपाली कांग्रेस कि धर्मा शाहिले २०३४ मत ल्याएर बिजयी भएका छ्न ।
आचार्यका प्रतिद्वन्द्वी नेकपा(एकीकृत समाजवादी)का पुस्पराज आचार्यले १५९५ र उपाध्यक्षमा नेकपा(एमाले) कि लक्ष्मी चौलागाईंले १३६१ मत ल्याएको बताइएको छ । शुभकालीकामा एकीकृत समाजवादीको तीन सदस्यले जित हात पारेका छन भने माओवादी केन्द्रले तीन वटा वडा,नेपाली कांग्रेसले तीन,नेमकिपाले १ र एमालेले एक वडामा बिजयी भएको बताइएको छ ।
जिल्लाका तिलागुफा नगरपालिकामा नेपाली कांग्रेसका शंकर उपाध्ययले प्रमुख र एमालेका महेन्द्र शाहिले उपप्रमुखमा बिजयी भएका छन भने पलातामा माओवादी केन्द्रका बिष्णु रोकाया र उपाध्यक्षमा माओवादी केन्द्र बाट अलैपुरा जैशी बिजयी भएको बताइएको छ ।
त्यसै गरी खांडाचक्र नगरमा स्वतन्त्र उम्मेदवार कमल शाहीले प्रमुख र नेकपा माओवादी केन्द्र बाट गणेश बहादुर शाही बिजयी भएका छन । जिल्लाका अन्य पालिकामा मतगणना हुने क्रम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित