पचालझरनाको राम्रागाउंमा बन्ने भयो बर्थिङ्ग सेन्टर,वडा कार्यालयको ताला खुल्यो

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको सिकुमा  बर्थिङ्ग सेन्टर निर्माणका लागि भएको बिबाद समाधान भएको छ ।स्वास्थ्य चौकी स्थान्तरणका बिषयमा भएको बिबादका कारण वडा कार्यलयमा लगाइएको ताला छलफल पछि ताला खुलेको वडा अध्यक्ष बिर्खे लुवारले बताएका छन । उनका अनुसार सबै  समुदायको विचमा पर्ने राम्रागाउमा बर्थिङ्ग सेन्टर निर्माण हुने भएको छ । संघीय सरकारको पहाडी समृद्ध कार्यक्रम अन्तरगत ३५ लाखमा उक्त बर्थिङ्ग सेन्टर बन्ने भएको समाजसेवी ऐन बहादुर खड्काले बताएका छन । उक्त भवनको आज एक कार्यक्रमका बिच सिलान्यास भएको छ ।पचालझरना गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष बिर्खे लुवार र बयोबृद्व धन्नाम खड्काले सिलान्यास गरेको बताइएको छ ।एक वर्ष अघि समुदायको पहुंच भन्दा टाढा रुच्कामा स्वास्थ्य चौकी भवन अहिले  प्रयोग बिहिन अवस्थामा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित