नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बस्ने गरी स्थगित

7
SHARES
15
VIEWS

काठमाडौं,असार । आज बसेको नेकपा स्थायी कमिटीको बैठक दुई अध्यक्षको सम्बोधन र अजेण्डा तय गर्दै पर्सिसम्मका लागि स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बाेधन गरेका थिए।

दुई अध्यक्षले कोभिड विरुद्ध भइरहेको काम, सरकार र पार्टीको कामलगायत समसामयिक विषयमा बालेका थिए। त्यसपछि बैठकको अजेण्डा तय गरेर शुक्रबारसम्मका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

आजको बैठकले तय गरेको अजेण्डामा सरकारको कामको समीक्षा, पार्टी संगठनको एकताको बाँकी काम सक्ने जस्ता अजेण्डा तय गरेकाे छ।

त्यसैगरी एमसीसी परियोजना, रुकुम घटना, नागरिकता विधेयक र संघीय तथा प्रदेश सांसदहरुले भत्ता नलिने विषयलाई पनि बैठकको अजेण्डा बनाइएको बैठकपछि प्रवक्ता श्रेप्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित