रुकुम घटनाको प्रदर्शनकारी दलित अधिकारकर्मी बालुवाटारबाट पक्राउ

7
SHARES
15
VIEWS

काठमाडौं,असार । रुकुमको घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी बालुवाटारबाट पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम राखेको थियो।

प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरूले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर उनीहरूलाई पुलिस क्लबमा राखेको हो।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीमा विवाहका लागि प्रेमिकालाई भगाउन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको थियो।

हत्याको विरोधमा दलित अधिकारकर्मी तथा नेताहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।

आजै रुकुम जिल्ला अदालतमा थुनछेक बहस सकिंदै छ। रुकुम जिल्ला अदालतभित्र थुनछेक बहस सकिंदै गर्दा अदालतको गेटमा अधिकारकर्मीहरू धर्ना बसिरहेका छन् । घटना शुरु भएपछि आन्दोलनरत संयुक्त राजनीतिक दलित अधिकारकर्मीहरू रुकुममा लगातार आन्दोलित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित