कालीकोटका राम प्रसाद बराल एमाले बन तथा वातावरण बिभागमा मनोनीत

7
SHARES
15
VIEWS

कालीकोट ।कर्नालिको जडीबुटीका बारेमा अनुसन्धान गर्दै आएका रास्कोटका रामप्रसाद बराल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको केन्द्रिय विभाग वन तथा बाताबरण मनोनीत भएका छन् ।
कालीकोट रास्कोट नगरपालिका ८ निबासि बराल युवा वैज्ञानिकका रुपमा स्थापित छ्न । उनलाई नेकपा(एमाले)ले सम्बन्धित बिषयमा विज्ञता प्राप्त गरेकै आधारमा पार्टीको वन तथा वातावरण विभागको सदस्यमा मनोनित गरेको बताइएको छ ।
बरालले कर्नालि प्रदेशसँगै बिदेशमा समेत बेस्ट जडीबुटी युवा बैज्ञानिकको रुपमा अवार्ड हात पारिसकेका बताइएको छ ।बरालले कर्नालीमा पाईने जडीबुटीको प्रचारसँगै बांझो जमिनमा बहुमूल्य जडीबुटी प्रजातिका विरुवा लगाउन युवालाई आकर्षित गर्ने लक्ष्य लिएका बताउदै आगामी दिनमा जडिबुटी बाट आत्मनिर्भर बनाउन समुदायलाई अग्रसर गराउन लागि परेको बताएका छन् ।
हाल बराल कर्नालिमा पाईने जडीबुटीका बारेमा अध्ययन, अनुसन्धान गर्दै विद्यावारिधि उपाधिका लागि काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित