नरहरिनाथका विद्यालयमा प्लानले बनायो वालमैत्रि धारा,वालवालिका खुशि

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँपालिकामा संचालित प्लान इन्टरनेशनल नेपालको सहयोग र पेस नेपाल जुम्लाको सहकार्यमा संचालित खानेपानि योजनामा बाल मैत्रि धारा निर्माण संगै विद्यालयमा स साना वालवालिकाहरुमा सहज भएको छ ।

नरहरिनाथ गाउँ पालिकाको नन्दादेवि मावि कोटबाडा,रमा मावि कालाशिल्ला,चौथिकोट आधारभुत विद्यालयमा निर्माण भएका बालमैत्रि धाराहरुले खानेपानिको सहजता गराउनुका साथै वालवालिकाहरुलाई भने राहतको महसुस गरेको छ ।खानेपानी योजना निर्माण भएपछि विद्यार्थिहरुमा हौसला बढेको चौथिकोटका निमित्त प्रधानध्यापक टेक बहादुर विकले बताए । उनले विद्यालयमा खानेपानिको अभाव रहेकोमा अब देखि सहजता भएको बताएका छन ।चौथिकोटका बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जित बहादुर बिकले खाने पानीका नमुना धारा निर्माण भएकोमा प्लान नेपाल र पेश नेपाललाइ धन्यवाद दिदै खानेपानीले स साना विद्यार्थीहरुमा सहजता गराएको बताए ।

प्लान नेपालको सहयोग तथा गैरसरकारी संस्था पेस नेपाल सहकार्यमा संचालित खानेपानी सरसफाइ तथा स्वच्छता उत्थानशिलता परियोजनाको ४लाख २८हजार ९सय ८५ लागतमा चौथिकोट आधारभुत बिद्यालयमा ३ लाख १६ हजार २ सय ८६ दशमलव  ९३ पैशाको लागतमा खानेपानि योजना सम्पन्न भएको बताइएको छ ।रमा मावि कालासिल्लामा १२ , चौथिकोट आधारभुत बिद्यालयमा ६ धारा निर्माण भएको पेस नेपालका परियोजना अधिकृत शंकर उपाध्ययले बताए ।उनले भने बाल मैत्रि र अपाङ्ग मैत्रि धारा संरचना निर्माण गरेर खानेपानिमा सहजता ल्याउने काम आफुहरुको भएको बताए ।

बिद्यार्थी संख्या रहेको बिद्यालयमा यो योजना बनेपछि बिद्यार्थीलाइ सर्बसुलव खानेपानी आपुर्ति भएको बिद्यार्थी खुसी भएका छन ।स्थानिय छात्रा अन्जु विकले आफुहरुलाई खानेपानि धारा निर्माण गरेर सहज पहुंच पुगेको बताइन ।यस परियोजनाले नरहरिनाथ गाउँ पालिकामा विगत एक वर्ष देखि पुर्वाधार बिकास र सामाजिक कार्यक्रम,खानेपानि र सरसफाईमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित