कालीकोट ।रास्कोट नगरपालिकाका नगर प्रमुख(मेयर)धर्मराज शाहीले शिक्षाको अवस्था बुझ्न विद्यालयको अनुगमन गरेका छ्न । सोमबार रास्कोट नगरपालिकाको वडा नम्बर तिनमा रहेको मोतिराम माध्यमिक विद्यालयको स्थलगत अनुगमन गरेका हुन । जहाँ नगर प्रमुख शाही सहितको शिक्षा शाखा प्रमुख,वडा नम्बर २ का अध्यक्ष धुर्बराज सिमखाडा र अन्य सरोकारवाले बिज्ञान संकाय अध्यापन गर्दै आएको उक्त विद्यालयको अवस्थाको बारेमा बुझ बिस्तार सहित विद्यालयका शिक्षक र विद्यार्थीसंग अन्तरक्रिया गरिएको बताइएको छ । यस अघि बृहत शैक्षिक गोष्ठी गरेको रास्कोट नगरपालिकाले आज देखि अनुगमन थालेको शिक्षा शाखा स्रोत ब्यक्ती महा प्रसाद बरालले बताए । उनका अनुसार रास्कोटमा भएको बृहत गोष्ठीको निष्कर्ष र स्थानीय स्तरमा भएका समस्यालाइ लिएर शैक्षिक सुधारको रणनीति तय गर्ने बताए । रास्कोट नगरपालिका प्रमुख शाहीले शैक्षिक गुणस्तर कायम गर्न कुनै पनि कमि हुन नदिने बताउदै शिक्षक तथा सरोकारवाला निकायले सहि ढंगले लाग्नु पर्नेमा जोड दिएको बताइएको छ ।मेयर शाहीले कक्षा कोठामै आएर अनुगमन गरेपछी शिक्षामा सुधार आउछकी भन्ने आशा पलाउन थालेको छ ।रास्कोट नगरपालिकाले शुरु गरेको शैक्षिक सुधारको अभियानले जिल्लाका अन्य पालिकामा लागू गर्नु पर्नेमा जोड दिनु पर्ने चर्चा चल्न थालेको छ ।
Discussion about this post