गाउँ पालिकामा अध्यक्ष कोष राखेर मात्र बिकास हुन्न-अध्यक्ष गोबिन्द आचार्य

7
SHARES
15
VIEWS

कालीकोट । शुभकालिका गाउँ पालिका अध्यक्ष गोबिन्द आचार्यले समग्र गाउँको बिकाश गर्ने भएकाले कोषको ब्यबस्थापन नगरेको बताएका छन । कर्नाली संचार संग कुरा गर्दै आफुलाइ ५० लाखको अध्यक्ष कोष राख्नु पर्ने प्रस्ताव आएपनी उपाध्यक्ष कोषमा ३० लाखको बजेट छुट्याएको तर आफुले समग्र क्षेत्रको बिकाश जरुरी भएकाले अध्यक्ष कोष भन्दा कुन क्षेत्रमा अभाब छ त्यही ठाउँमा उक्त रकम ब्यबस्थापन गर्ने लगाएको कोष स्थापना नगरेको बताए ।अध्यक्ष आचार्यले कर्नाली प्रदेश भर आफुले मात्र अध्यक्ष कोष नराखेको दाबी गरेका छ्न ।
शुभकालिका गाउँ पालिका अध्यक्ष आचार्यले शुभकालिकामा अरु भन्दा भिन्न काम गरेर नमुना बनाउनु आफ्नो चाहना भएकाले सबैको साथ चाहिएको बताए । शुभकालिका गाउँ पालिकामा जनशक्ति ब्यबस्थापनमा अघि बढेको बताउदै आफुले हाम्रा भन्दा पनि राम्रालाई प्राथमिकता दिने बताए ।
बाह्य रुपमा परेको भ्रमको अन्त्य हुने दाबी गर्दै करार कर्मचारीहरुलाइ कार्यसम्पादन र क्षमताको नापजाँच मात्र गर्ने खोजेको अध्यक्ष आचार्यले बताए । परिक्षामा पुरानै कर्मचारी आउन सक्छ्न त्यसमा हाम्रो कुनै रोकटोक नहुने अध्यक्ष आचार्यको भनाइ रहेको छ ।गाउँ पालिकामा सहकारी मार्फत कृषिमा काम गर्न आफू तयार रहेको अध्यक्ष आचार्यले बिस्वास दिलाएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित