कालीकोट । पचालझरना गाउँ पालिकाकी सुत्केरी हुन नस्क्दा अमृता बुढाको उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।
पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम र ४ नम्बर वडाका अध्यक्ष अनरुप रोकायाले समयमै गरेको पहल कदमिले सुत्केरी ब्यथा लागेकी बुढाको सिम्रीक एअर को हेलिकप्टर मार्फत उद्वार गरिएको बताइएको छ ।बुढाको उपचार कर्नाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो ।
रास्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत सो उद्वार गरिएको हो । पचालझरना गाउँ पालिकाको अनुरोध र जिल्ला प्रशासन कार्यालय कालीकोटको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले माथिल्लो निकायमा गरेको समन्वयले बुढाको ज्यान खतरामुक्त भएको पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खड्गराज सेजुवालले बताएका छ्न ।
Discussion about this post