तीन वर्ष देखि नेपालगंज थन्किएका टेलिकमको टावरको सामान आए संगै नाग्म बजार सुचना संचारमा सहज हुने

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफा नगर पालिकाको मालिका चौरमा रहेको नेपाल टेलिकमको टावरको सामान तीन वर्ष पछि पुगेको छ।स्थानीय तहको दोस्रो निर्वाचन पछि निर्वाचित जनप्रतिनिधिहरुको पहलमा तीन वर्ष अघि देखि थन्किएको सामान पुगे संगै तिला गुफा नगरपालिकाको फोइ,नाग्म बजारमा संचार सेवामा सहज हुने तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले बताए । उनले भने अबको केही समयपछी सुचना संचारबाट बंचित रहेको नाग्म बजारमा ढुक्का संग संचारको पंहुच हुने छ । यस अघि सो क्षेत्रका स्थानीयले सिडिएमए सेट तथा अग्लो डांडामा आएर फोन गर्न पर्ने बाध्यता रहदै आएको छ ।
तिलागुफा नगर प्रमुख शंकर प्रसाद उपाध्याय र नेपाली कांग्रेस कालिकोटका महाधिवेशन प्रतिनिधि मनराज शाहीको पहलमा सुचना तथा संचार मन्त्रालय संगको अनुरोधमा टावरको सामान आइपुगेको बताइएको छ ।उक्त सुचना संचारको अभावका कारण तिलागुफा बासिले धेरै सास्ति खेप्नु परेको मात्र छैन सरकार संचालन गर्दा अनलाइन प्रणाली बाट हुने काम हरु समयमा हुन नसकि मान्मा, जुम्ला धाउनु पर्ने बाध्यता हट्ने स्थानियले बताए ।आफुले जनता सामु गरेका प्रतिबद्धता अनुसार पहिलो बुंदा सुचना संचार रहेको र उक्त बाचा पौरा गरेको नगर प्रमुख शंकर उपाध्यायले बताए । उनले भने २२ औ शताब्दी हो अब हरेक कामहरु अनलाइन प्रणाली बाट हुन्छन त्यसकै अनुरुप अबको हाम्रो उदेश्य पालिका को सवै ठाउँमा नेटवर्क सेवा बिस्तार गर्नु हुनेछ।
तिलागुफा नगरपालिकाको  वार्ड न. ६ जुबिथा, वार्ड न. ११ ढिम्निया र वार्ड न. २ रताडाका टावर हरु पुर्ण सुबिधा सहित फोर जि सेवा संचालन मा ल्याइने तिलागुफा नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित