ज्ञानोदयलाई नमुना विद्यालय बनाउछु-नवनिर्वाचित विव्यस अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खडगराज सेजुवाल पचालझरना गाउँ पालिकाको एक मात्र कृषि प्राविधिक विद्यालय ज्ञानोद्धय मावि राम्नाकोटको अध्यक्षमा सर्वसम्मत भएका छन ।

यस अघि अध्यक्ष रहेका विर्षलाल सेजुवालको कार्यकाल सकिएपछि आज बसेको शिक्षक अभिभावक संघको बैठकले पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष सेजुवाललाई सर्वसम्मत गरेको हो ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा समुदायहरुले दिएको जिम्मेवारी पुरा गर्ने बताउदै आफ्नो कार्यकालमा विद्यालयमा अभाव रहेको भौतिक संरचना निर्माण देखि अन्य कामका बारेमा व्यवस्थापन गर्ने बताउदै कृषि प्राविधिक विषयमा १८ महिने पढाई बाट ३ वर्षे पढाउने वातावरण कायम गर्ने बताएका छन ।

उनले भने सामाजिक क्षेत्रमा काम गर्न आफु जहिले पनि तयार भएको र समुदायको माग बमोजिम आफुले जिम्मेवारी सम्हालेको अध्यक्ष सेजुवालले बताएका छन ।

त्यसै गरी शिक्षक अभिभावक संघमा परेक रोकाया सर्वसम्मत भएका छन । माथिल्लो जिम्मेवारी लिएकाहरुले तल्लो तहमा बस्न आनाकानि मान्ने प्रचलनलाई तोड्दै प्रथम गाउँ पालिका अध्यक्ष सेजुवालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुंदा समाजमा क्रमभंग भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित