कर्नालिमा कम्युनिष्ट्र कार्यक्रता उत्पादन गर्ने नेमकिपा हो-नेमकिपा केन्द्रिय सदस्य शाही

7
SHARES
15
VIEWS

कालीकोट । नेककिपाका केन्द्रिय सदस्य नन्द बहादुर शाहीले कालीकोटमा मात्र नभई सिंगो कर्नालिमा कम्युनिष्ट कार्यक्रता उत्पादनको काम नेपाल मजदुर किसान पार्टीले गरेको बताएका छन ।

कर्नालि संचार संगको भलाकुसारीमा केन्द्रिय सदस्य शाहीले अहिलेका एमालेका नेता प्रेम बहादुर सिंह देखि अन्य दलमा लागेका नेताहरु नेमकिपाबाट बनेको बताए । राजनैतिक इतिहांसका कुरा गर्दै नेता शाहीले २०४९ सालको स्थानिय तहको निर्वाचनमा कालीकोटका ३० गाविस मध्ये १३ वटा नेमकिपाबाट १३ गाविसमा अध्यक्ष निर्वाचित भएको बताउदै अहिले एमाले,माओवादी र नेपालि कांग्रेसका उच्च स्तरका नेता समेत नेमकिपाबाट कम्युष्निटको शिक्षा लिएर अघि बढेको बताए ।

आफु नेमकिपामा काम गर्दै आउने क्रममा एमाले प्रवेश गरेका प्रेम सिंहले आफुलाइ एमाले बनाउनकै लागि खसि ल्याउने भनेपछि आफुले इष्टमित्रको नाताले छोरी दिउला भनेपछि फर्किएका बताए ।त्यति मात्र नभई नेपालि कांग्रेसबाट विजयि नेत्र बहादुर शाहीले पार्टी प्रवेश गराउन निकै प्रयास गरेको बताए ।

तत्कालिन समयमा जिल्ला विकास समितिमा बहुमत रहेपनि नेपालि कांग्रेस र राप्रपाको गठबन्धन भएर सभापति बनेका तर जिल्लाका १३ गाविसहरुमा अध्यक्ष र ११ गाविसमा उपाध्यक्ष सहित जित हांसिल गरेको नेमिकपा प्रतिपक्षको भुमिकामा रहेको शाहीको भनाई छ ।

तत्कालिन स्थानिय निर्वाचन २०४९मा नेमकिपाले जित हांसिल गरेका गाविसहरु
१.लालु
२.माल्कोट
३.कोटबाडा
४.रुप्सा
५.कुमालगाउँ
६.रकु
७.थिर्प
८.भत्ता
९.पांखा
१०.छाप्रे
११.रांचुलि
१२.फोइमहादेव
१२.चिल्खाया
तत्कालिन समयमा  एमालेबाट ५ जना गाविस अध्यक्षले जित हांसिल गरेको,नेपालि कांग्रेसबाट ५ जना र जनमोर्चाबाट २ जना र बांकी राप्रपाले जित हांसिल गरेको शाहीको भनाई रहेको छ । 

आफुहरुको संगठनलाई पहिले नेपालि कांग्रेसले कमजोर बनाएको स्मरण गर्दै पछिल्लो समयमा एमाले र माओवादी लागि परेको आरोप समेत लगाए ।

उनले भने एमालेबाट पटक पटक मन्त्रि बनेका प्रेम बहादुर सिंह २०४४ सालमा दरबार पसेको आरोपमा कार्वाही परेको र सिंह नेमकिपाको केन्द्रिय उपाध्यक्ष समेत बनेको बताइएको छ । त्यसै गरी नेपालि कांग्रेसका महासमिति सदस्य समेत भएका हिक्मत विष्ट,तत्कालिन एमालेका तर्फबाट सभाषद समेत भइ बर्तमान एकिकृत समाजवादीका केन्द्रिय सदस्य रहेका तुलाराज विष्ट,माओवादी केन्द्रका बर्तमान संघिय सांसद दुर्ग बहादुर रावत,एकिकृत समाजवादीका नेता तथा नरहरिनाथ गाउँ पालिका प्रथम अध्यक्ष धिर बहादुर विष्ट,माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज विष्णु विक(विकल्प) लगाएतका दर्जनौ नेताहरु नेमकिपाबाट बनेको नन्द बहादुर शाहीको भनाई रहेको छ ।

पछिल्लो समयमा हालका तिलागुफाका नगर उपप्रमुख महेन्द्र बहादुर शाही पनि नेमकिपाका जिल्ला सचिव रहेको र माओवादी हुंदै एमालेमा प्रवेश गरेका थिए ।

नेमकिपाका नेता शाहीले आफु कम्युनिष्टको शुरुवाति २०३४ साल देखि लागेको र जुम्लामा पढ्न बेलामा नेक्राविसंघमा आवद्ध भएर जुम्ला क्याम्पसबाट स्ववियु सभापति हुंदै ९ वर्ष शिक्षण पेशामा रहेर काम गर्दै २०४९ सालमा नेमकिपाबाट भर्ता गाविसको अध्यक्ष विजयि संगै राजनैतिक जिवनको शुरुवात भएको बताए ।

आफुले गाविस अध्यक्ष हुंदा गरेका नमुना कामले अहिले सम्म पनि जनताले साथ दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित