कहाँ छौ ?……. अब त आँखा देखौला नि !

7
SHARES
15
VIEWS

कालीकोट । जिल्ला सदरमुकाम नजिक रहेको जिल्लाकै पहिलो माबी जस्को अगाडि रहेको त्यो सडक( सुनार खोला) ?त्यहाँको अवस्था बुझ्न अहिले यात्रुबाहक गाडीले राकम देखि सोध्दै आउनु परेको छ ।
त्यस खोलाको जामले दैनिक हैरानी खेप्नु परेको छ । त्यहाँ कसैको पनि ध्यान गएको छैन ? न त जिल्लाका नेताको नजर छ न त सडक बिभागको ?छत त्यहाँ यात्रा गर्ने यात्रुहरुले पाएको सास्ती मात्र ! वर्षा संगै सुनार खोलामा यात्रा गर्दा दिन भर बसेर फर्किनु परेको छ । जिल्ला सदरमुकाम नजिकको त्यो ठाउँमा ध्यान नपुगेको प्रती जिल्लामा तरंग पैदा भएको छ ।
पछिल्लो समयमा पटक पटक नबनाएको भने होइन । सुनार खोलालाइ एक पटक बनाएर हुन्न ?जहाँ स्थायी बैकल्पिक मार्गको खोजी नभएको पनि हैन । तर त्यसको लागि दुई दिन डोजर लगाउने र सम्म पार्न बाहेक केही छैन ।
यहि सन्दर्भलाइ जोडेर खांडाचक्रका भिम प्रसाद बरालले चुनाव नजिक आयो जिल्ला सदरमुकाम त्यस भित्र खांडाचक्र १र २ भित्रका स्थानीय देखि केन्द्रिय नेतालाइ ब्यंग्री गर्दै चुनाब आयो अब त आँखा देखौलानी भन्दै लेखेको स्टाटसले सबैको मन छोएको छ । उनले धेरै नेता भएको र पटक पटक माओवादीलाई भोट हालेर दिएको उपहार हिलो र घण्टौ सडक किनारमा बस्नु पर्ने बाध्यताका बारेमा उल्लेख गर्दै ब्यंग्य गरे ।
हेर्दा सामान्य लागे पनि कुरा गम्भीर छ । तर बिगतमा सेरिघाट खोला,अस्पतालको मोड लगाएतका ठाउँको सास्ती भने कम थिएनन ।बिकास भएको छ ।पुल बनेका छन धेरै भएको छ ?जहाँ कमजोर छ त्यही सबैको नजर नाजानु नराम्रो पनि हैन ? नेताको जमघट भएको ठाउँ जहाँ सबै नेतालाइ गिज्याएको सुनार खोलाले सबैको चेत खुलुन।
भिम प्रसाद बराल(घायल)ले लेखेको स्टाटस जस्ताको त्यस्तै :
यो भिम प्रसाद बराल घायल ले आँखा ले देखेको मात्रै पोस्ट गर्छ सडक डिभिजन , कता छ प्रदेश सरकार ,कता छ स्थानिय तह,कता छ खाँडाचक्र नगरपालिका कालिकाेट कता छन ठुला भनाउदा त्यहि ठाउँका नेता भुपेन्द्र जंग शाहि , कता छन समन्वय प्रमुुख साेहि ठाउँका धनजित शाहि आदर्स ,कता छन खाँडाचक्र नगरपालिका कालिकोट का उप-मेयर साेहि ठाउँका गणेश शाहि आकाश दिन दिनै त्यहि बाटाे हिडिरहन्छन् आाखा हेरेर हिड्छन वा आँखामा पट्टि बाधेर ? कति महिना भयाे सुनारखाेलाकाे बाटाे बेवारिसे अवस्था वा जिर्ण अवस्थामा पुगेर सवारी यात्रि, पैदल यात्रि, विचारा सवारी चालक र सहचालक हरुले सास्ती भाेगेकाे यश बिषयमा थाेरै पनि चिन्ता लागेन हजुर हरु महासय लाई ? हुनत आँखामा स्वार्थको पट्टि बाँधेर बसेका छाै के देख्थ्याै र ? अब त पट्टी खाेलाैला ?
यो कालिकोट खाँडसचक्र नगरपालिका को लिस्ट
यो कालिकोट पुरै मा मावबादी लाई भोट किन दिने ??को लिस्ट
१ – एरपोट बनायो
२ – कर्णाली राजमार्ग हैन मित्यु राज मार्ग बन्यो
३ – मुख्य मन्त्री पायो
४ – बाटो एसरी पिज बनायो
५ – संसदिय नेता पायो
यी यावत कुराले भरिपुर्ण कालिकोट मा मावबादी लाई किन न झिताउने त ??# कपि  @ फोटा भिम प्रसाद बरालको फेसबुक बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित