पलातामा बिगतका जस्तो हुन्न पार्टी र सरकार संगसंगै अघि बढ्छ -इन्चार्ज भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)पलाताका इन्चार्ज मान बहादुर भण्डारीले पलातामा अघिल्लो सरकारले जस्तो पार्टीलाई न्याग्ने र सरकार नै हो भन्ने नभई जनताको हितमा पार्टी र सरकार अघि बढ्ने बताएका छ्न ।
कर्नाली संचार संग कुरा गर्दै इन्चार्ज भण्डारीले जनताको पक्षमा काम गर्न पार्टीको निर्देशनमा सरकार अघि बढ्ने बताए ।उनले भने जनताको हित भन्दा पछि हटेपछि पार्टीले सरकारलाई निर्देशन दिने हो ?जहाँ सम्म पार्टीको निर्देशनमा चल्छ त्यहाँ सम्म पार्टी र सरकार संगसंगै अघि बढ्ने बताए ।
यस अघिको पलाता सरकार जनताको भन्दा पनि आफ्नो स्वच्छाचारी भएर चलेको स्मरण गर्दै भण्डारीले अबका दिनमा त्यसो हुन नदिन जनताले निरन्तर दबाब दिने बताए ।
पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकाया(इन्द्र)ले बिगतमा पार्टीले जनताको हितमा काम गर्नकै लागि रचनात्मक सुझाव दिएको र भोलिका दिनमा पनि जनताकै हित हुने गरेर पार्टीले निर्देशन दिने र संगसंगै सामाजिक दायित्व पूरा गर्न आफू लागि पर्ने बताए । उनले सरकार सम्हालेको एक सय दिनमा पलातामा शुसासनमा ल्याउन शुरु गरेको बताउदै जनता र सरकार विचको पारस्परिक समन्धमा सुदृढीकरण गर्दै बिकाश निर्माणका कामलाइ अघि बढाउन आफू लागि पर्ने अध्यक्ष रोकायाको भनाइ रहेको छ ।
पलातमा दुर संचारको भवन निर्माण ,किच सिचाइ कुलो जस्ता महत्त्वपूर्ण कामको शुरूवात भएको र अन्य जनताका आधारभूत आबस्यक्तालाइअ मध्यनजर गर्दै बितरण मुखी भन्दा पनि दीर्घकालीन महत्त्वलाई प्रभाव पार्ने खालका काम गर्न पलाता सरकार लागि परेको बताए ।
पलाता प्रबक्ता तिलक बुढाले १४ करोड उधारो बजेटमा काम गरेको अघिल्लो सरकारले अहिलेको सरकारले त्यसको ब्ययभार ब्यहोर्नु परेको बताए ।उनले भने पलातामा माग्यो कि बिकास गर भन्ने कामले बिथिती पैदा गरेकोले समस्या उत्पन्न भएको बताएका छ्न । काम भएको छ बजेट छैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित