कालीकोटमा बाढी पहिरोले एक हजार बढि घरमा क्षति,विस्थापितको संख्या ६ सय घरपरिवार

7
SHARES
15
VIEWS

कोहलपुर । लगातारको बाढि पहिरले कालीकोटका विभिन्न क्षेत्रमा भएको क्षतिको एकिन विवरण आउने क्रम जारी भएपनि हाल सम्म एक जार बढि घरमा क्षेति भएको विवरण आएको छ ।

जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिको बैठकले विभिन्न स्थानिय तहमा संकलित विवरण अनुसार असोज २४ गते सम्म एक हजार ३ सय २५ घरमा क्षेति भएको छ भने ६ सय ६७ घर परिवारहरु घरबार विहिन भएका छन । कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको अध्यक्षतामा बसेको जिल्ला दैवि प्रकोप व्यवस्थापन समितिमा प्राप्त विवरण अनुसार ४ जनाको मृत्यु भएको छ भने १९ जना वेपत्ता भएको र बाढि पहिरोबाट ३ हजार १ सय ३० जनसंख्या प्रभावित भएको बताइएको छ ।

बाढि पहिरोले जिल्लाका झोलुंगे पुल बाटाघाटा तथा खेतबारीका साथै कृषि बालिमा क्षेति पुगाएको छ भने ३० भन्दा बढि बस्तिलाई स्थान्तरण गर्नु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले बताए । उनले भने विवरण आउने क्रम जारी छ । त्यसका लागि प्रहरी परिचालन गरिएको र क्षेतिको विवरण बढ्ने प्रजिअ शर्माको भनाई रहेको छ । गएको वर्ष महाबै गाउँ पालिकामा बाढिपहिरोले क्षेति पुगाएको थियो भने त्यस भन्दा अघिल्लो वर्षमा नरहरिनाथ गाउँ पालिकामा २२ जनाको ज्यान गएको थियो ।

वर्षेनि बाढिपहिरोबाट कालीकोट अछुतो हुन नसकेको स्थानियको भनाई रहेको छ । बाढिपहिरोले वर्षेनि क्षेति गराउदै आएकाले सम्बन्धित निकायको पूर्व तयारी अवस्थामा रहनु पर्नेमा उचित ध्यान नगएको पलांता नवराज बुढाले बताए । उनका अनुसार यस पटकको वर्षाले खहरे खोलाले धनजनका साथै वालिनालिको क्षेति पुगाएकाले भोकमारी समस्या बढ्ने स्थानियको चिन्ता रहेको छ । यस बाढि पहिरोबाट सबै भन्दा ठुलो मानविय क्षति तिलागुफामा भएको छ ।

बाढिपहिरो पिडितलाई सबै भन्दा अगाडी रास्कोट नगरपालिकाले राहत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित