कालीकोट । स्थानिय तहको उपनिर्वाचनमा कालीकोटको तिलागुफा नगरपालिकाको वडा न.४मा चुनावि रौनकता छाएको छ । आज मंसिर २ गते भएको उम्मेद्धारी दर्तामा नेकपा(माओवादी केन्द्र)ले पुर्व वडा अध्यक्ष स्वर्गिय पर बहादुर शाहीको परिवार नैशोभा शाहीलाई उम्मेद्धारी दर्ता गराएको छ भने नेपालि कांग्रेसका तर्फबाट पैल बहादुर शाही,नेकपा(एमाले)का तर्फबाट ऐन बहादुर शाही र नेमकिपाबाट पूर्व वडा अध्यक्ष खडगराज शाहीले उम्मेद्धारी दर्ता गराएका छन ।
यस अघि नेपालि कांग्रेस,एमाले संग गठबन्धन गरेर नेकपा(माओवादी केन्द्र)का पर बहादुर शाही वडा अध्यक्षमा निर्वाचित भएका थिए । त्यस अघि नेमकिपाका तर्फबाट खडगराज शाही वडा अध्यक्ष थिए । नेमकिपाको बहुमत रहेको यस वडामा यस पटक भने चुनावि रौनकता तिव्रतामा प्रतिस्पर्धा हुने देखिएको छ ।यस पटक राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि उम्मेद्धारी दर्ता गराएका छन । ति नेमकिपाका पूर्ववर्ति आस्थावान रहेको बताइएको छ । वडा अध्यक्षका उम्मेद्धार रहेका खड्रराज शाही यस अघिकाे सँघिय निर्वाचनमा प्रतिनिधि सभाका उम्मेद्धार समेत थिए।
उपनिर्वाचनमा यस अघिका वडा अध्यक्ष पर बहादुर शाहीको अघिल्लो वर्ष बाढिका कारण ज्यान गएपछि उक्त पद रिक्त थियो । यस पटक उनकै श्रीमति नैशोभा शाहीलाई उम्मेद्धारी दिएपछि अन्य पार्टीका उम्मेद्धारलाई संकट पैदा भएको छ ।अहिलको सरकारी गठबन्धनका कारण नेपालि कांग्रेस र नेकपा (एमाले) विच गठबन्धन हुने देखिन्छ । कांग्रेस र एमाले गठबन्धन भएपनि नेमकिपाको बलियो गडका रुपमा लिइएको छ भने दोस्रोमा माओवादी केन्द्रको वर्चश्व रहेको क्षेत्र हो रांचुलि । सबै उम्मेद्धारले आ आफ्नो जित पक्का हुने दावि गरी रहेका छन ।
Discussion about this post