निर्वाचन विशेष : गर्ने आंट अनि योजनाकार,यि हुन माओवादी भित्रका ओझल पात्रहरु

7
SHARES
15
VIEWS

कालीकोट । राजनैतिक क्षेत्रमा पात्र अनि नेतृत्वको अघि पछि लाग्नेहरु नै अघि बढेको आभास नहुनु पनि अनौठो होइन ।समाजका लागि केही गर्ने आंट भएकाहरु जहिले पनि ओझल पर्ने गरेको तथ्य अहिलेका मात्र नभई विगतको पनि स्पष्ट हुन्छ । त्यहि भित्रका पात्र मध्ये कर्नालि प्रदेशका यि तिन नेता जो समाजका लागि योजना बनाउन र कार्यन्वयनको क्षेत्रमा निरन्तर अघि बढे मध्येका कालीकोटका काशीचन्द्र बराल,जुम्लाका नरेश भण्डारी र हुम्लाका दिपेन्द्र रोकाया ।

यस पटक भने यि तिनै नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभामा भने स्थान पाएनन । माओवादी केन्द्र भित्रको गुटउपगुटको प्रभावका कारण यस पटक यि नेताहरु भने कुनै पनि क्षेत्रमा टिकट नपाएपछि हुम्लाका दिपेन्द्र रोकाया र जुम्लाका नरेश भण्डारीले विभिन्न बहानामा आफुहरुलाई ओझेलमा पारेको बताएका छन भने कालीकोटका काशीचन्द्र बरालले पूर्व मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीका विरुद्ध बागि उम्मेद्धार बनेका छन ।
काशीचन्द्र बराल :
कालीकोट जिल्ला रास्कोट नगरपालिका ८ साविकको फुकोट गाविसमा जन्मिएका काशीचन्द्र बराल २०४६ साल देखि राजनैतिक क्षेत्रमा सक्रिय रहदै पत्रकारिता क्षेत्र संग संगै २०४९ सालमा फुकोट गाविसको अध्यक्ष र २०७४ सालको स्थानिय तहको निर्वाचनमा रास्कोट नगरपालिकाका प्रमुख भएर जिम्मेवारी सम्हालेका छन । उनि माओवादी पार्टीका रहेकै अवस्थामा २०६५ सालमा कालीकोट जिल्लामा सहकारीको स्थापना गरेर प्रत्यक्ष रुपमा ४० बढिलाई रोजगारी दिएका छन भने कालीकोट जिल्लाकै नमुना सहकारीको रुपमा रहेको हिमचुलि कृषि सहकारी संस्था लि. स्थापना गरेर चर्चामा रहेका छन ।

माओवादी भित्र उनलाई योजनाकार तथा क्षमतावान नेताका रुपमा हेरेपनि नेतृत्वको चर्काे आलोचना गर्न पछि नपर्ने विद्रोही स्वभावका कारण जिम्मेवारीमा भने अघि बढाउन कोही पनि चाहदैनन । जनयुद्धकालमा तत्कालिन भेरी कर्नालिमा कार्यक्षेत्र रहदा भेक इन्चार्जको जिम्मेवारी रहेका खड्गबहादुर विक(प्रकाण्ड) संग पनि टक्कर रहदै आएको र शान्तिकालमा कालीकोट जिल्लाका इन्चार्ज एटम विसि लगाएतका नेता संगको संबन्ध भने त्यति राम्रो रहेन ।पार्टी विभाजनमा संस्थापन लाइन रोजेका काशिचन्द्र बराल(विराट)ले जिम्मेवारी कुनै पनि भुगोल वा गैर भुगोलको पाएनन ।

पछिल्लो समयमा माओवादी केन्द्रमा महेन्द्र बहादुर शाही संग पनि संबन्ध त्यति राम्रो नभएको जानकारहरुको भनाई रहेको छ । उनलाई पछिल्लो समय केन्द्रिय लेखा आयोगको सदस्यको जिम्मेवारी दिएको छ । काशिचन्द्र बरालले प्रदेश तथा प्रतिनिधि सभाका आकाँक्षि रहेका काशीचन्द्र बराल काठमाडौंमा पुगेर प्रचण्ड समक्ष भेट गरेर पार्टी वा सरकारको नेतृत्वका लागि अवसर दिन आग्रह गरेको बताइएको छ । पटक पटक एकै जना कहिले प्रदेश त कहिले संघको नेतृत्व गर्नु भन्दा अन्य पात्रलाई अवसर दिनेमा प्रस्ताव गएको तर सम्भावना नभएपछि जिल्ला फर्किएर कालीकोट जिल्लाबाट संघिय निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेद्धारी दिएका हुन ।
नरेश भण्डारी :
जुम्ला जिल्लाको गोठिचौर गाउँपालिका वडा न. ५ कुम्डीगाउँका नरेश भण्डारीले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा अत्याधिक मत ल्याएर विजयी भएका नेता हुन ।जति बेला जुम्ला जिल्लामा कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्नमा भण्डारीको ठुलो हात रहेको छ ।

जुम्लाबाट प्रदेश सभाका लागि २०७४ सालमा भण्डारीको विजय भएपछि प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बन्नेमा रस्साकस्सि भएको थियो । भण्डारीको राजनैतिक यात्रा २०५१ सालवाट तत्कालिन नेकपा एकता केन्द्र निकट अखिल क्रान्तिकारी पुलचोकवाट शुरु भएको हो । उनले निमावि तह त्रिभुवन निमावि झारज्वाला र मावि तहको पढाई चन्दननाथ मावि खलंगावाट उतिर्ण गरेका थिए । यस पटकको प्रतिनिधि सभाका लागि आकांक्षि रहेका भण्डारीलाई बाइपास गरेर केन्द्रिय सदस्य रहेकी महिला नेतृ गोमा कुवरलाई संघिय सांसदका लागि उम्मेद्धारी दिएकी छन ।
डा.दिपेन्द्र रोकाया :
हुम्ला जिल्ला सर्केगाड गाउँपालिका रादेउ गाउँमा जन्म लिइ काठमाडौँमा आएर विभिन्न संघर्ष गर्दै,डा.दीपेन्द्र रोकायाले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्र २०६६ मा स्नातकोत्तर, पाटन क्याम्पसबाट ग्रामीण विकास २०६८ मा स्नातकोत्तर, राजनीतिशास्त्र विषयमा ‘नेपालको राजनैतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव’ शिर्षकमा २०७३ मा विद्यावारिधी प्राप्त गरेका छन् । उनको विषयगत विज्ञता राजनीति, योजना तर्जुमा, अनुगमन मूल्याङ्कन, सूचना तथा सञ्चार, द्वन्द्व व्यवस्थापन र प्रशिक्षण लगायत थुप्रै विषयमा अनुभव रहेको छ । यतिले मात्रै उनको परिचय पूरा हुँदैन ।

२०५३ सालबाट भुमिगत जीवन बिताउदैँ आएका डाक्टर रोकाया इमान्दार, मिलानसार, शान्त स्वभावका निष्ठावान, बुद्धिजीवी र राजनीतिककर्मी हुन् ।कर्नालि प्रदेश सरकारको योजना आयोगको सदस्य भएका रोकाया नेकपा(माओवादी केन्द्र)हुम्ला जिल्ला समन्वय समितिको संयोजक रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित