रजिष्ट्रार कार्यालय सुर्खेत द्धारा जिल्ला स्तरमा सहकारी सचेतना

7
SHARES
15
VIEWS

कालीकोट । सहकारी रजिष्ट्रार कार्यालय सुर्खेतको ओयाजनामा कालीकोटको मान्ममा सहकारी सचेतना तालिम सम्पन्न भएको छ । जिल्ला स्थित सहकारीका अगुवा संचालक तथा सहकारी व्यवस्थापकहरुको उपस्थितिमा भएको तालिममा ३७ जना सहभागि रहेको बताइएको छ ।

सहकारी रजिष्ट्रार कार्यालय सुर्खेतका तालिम संयोजक किरण थापा र राष्ट्रिय सहकारी बैंकका संचालक तथा हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष काली बहादुर महताराले सहजिकरण गरेको बताइएको छ ।

तालिममा सहभागि गोकुल खड्काले तालिम प्रभावकारी रुपमा सम्पन्न भएको र धेरै कुरा सिक्न र व्यवहारमा लागु गर्न लाएक भएको बताएका छन ।सचेतना तालिममा ३७ जना सहकारी कर्मिहरुको सहभागिता रहेको सहकर्मि दन्त तिरुवाले बताएका छन ।

सहकारी रजिष्ट्रार कार्यालय सुर्खेत विभिन्न जिल्लामा लेखा तथा सहकारी व्यवस्थापनका साथै प्रशिक्षण प्रशिक्षक तालिम दिदै आएको छ । जिल्ला स्थित सहकारी कर्मिहरुले सहकारीको अनुगमन तथा नियमनमा अभाव रहेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित