कालीकोटको पलांतामा एक जना थप, संक्रमितको संख्या १७ पुग्यो

7
SHARES
15
VIEWS

कालीकोट,असार ।कालीकोट जिल्लामा एक जना कोरोना संक्रमित थपिएका छन । पलांता गाउँ पालिका वडा न. ३ धौलागोह निवासि २३ वर्षिया एक पुरुषमा पिसिआर रिर्पाेटमा पोजेटिभ देखिएको कर्नालि स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

कालीकोट स्वस्थ्य सेवा कार्यालयका अनुसार हाल जिल्लाको रास्कोट नगरपालिकामा १ जना,सान्नित्रिवेणि गाउँ पालिकामा १३ जना,पलांतामा १ जना र जिल्ला सदरमुकाम मान्ममा २ जना गरी १७ जना आइसोलसनमा रहेको जारी अद्यावधिकमा उल्लेख गरिएको छ ।

जिल्ला स्वस्थ्य सेवा कार्यालय कालीकोटका निमित्त व्यवस्थापक भिष्म कुमार पोख्रेल द्धारा जारी अद्यावधिकका सो कुरा उल्लेख गरिएको छ । पलांतामा देखिएका संक्रमित आरडिटी परिक्षण मार्फत घर पठाइएकोमा अहिले पोजेटिभ देखिएको बताइएको छ ।

धौलागोहका  स्वस्थ्य कर्मि अर्जुन आचार्यले भने वडा न. ३ लाई १५ दिन सम्म गरिने बताउनु भएको छ । वहांले अत्यावश्यक सेवाहरु बाहेक अरु सबै औषधि उपचारका लागि बन्द हुने जानकारी गर्नु भएको छ ।त्यसै गरी संक्रमित टोलका समुदायलाई परेकमाला आधारभुत बिद्यालय डोरीमा कोराइन्टाइनको ब्यबस्थापन गरिएको समेत बताउनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित