माओवादी केन्द्र शुभकालिका अध्यक्षमा जवानसिंह सुनार चयन

7
SHARES
15
VIEWS

कालिकोट।नेकपा (माओवादी केन्द्र)को बिकाश र समृद्धिका लागि सुदृढीकरण अभियान अन्तरगत संगठनलाई पुर्णता दिने क्रममा शुभकालिका गाउँ कमिटीको बिशेष भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।
शुभकालिका गाउँ कमिटी अध्यक्षमा जवानसिंह सुनारलाइ अध्यक्षमा सर्बसम्मत गर्दै विशेष भेला सम्पन्न गरेको हो ।नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बिष्णु बहादुर बि.क.(विकल्प) को प्रमुख आतिथ्यतामा जिल्ला संयोजक लक्ष्मी चौलागाई (शैलेन्द्र) र बैकल्पिक केन्द्रिय सदस्य मुन बहादुर सिंहको विशेष आतिथ्यतामा भएको भेलाले वरिष्ठ उपाध्यक्षमा प्रेम प्रकाश हमाललाई सर्बसम्मत गरेको हो ।
त्यसै गरी अन्य उपाध्यक्षमा बिर्ख बहादुर शाही,सुनपुरा रोकाया महतारा,सचीव धिर बहादुर शाही ,सहसचिव डम्बर शाही, अप्सरा कुमाल , ऋषिराम आचार्य,कोषाध्यक्ष : कल बहादुर रोकाया लगाएतको शुभकालिका गाउँ कमिटी सर्बसम्मत गरिएको प्रदेश कमिटी सदस्य तथा पालिका इन्चार्ज जयबहादुर महताराले बताएका छन ।यस अघि गोबिन्द आचार्यको अध्यक्षतामा गाउँ कमिटी गठन भएको थियो ।आचार्य हाल गाउँ पालिका अध्यक्ष रहेका छन ।
यस नेकपा(माओवादी केन्द्र)कालिकोटले जिल्लाको पलाता,महाबै,तिलागुफा,सान्नित्रीबेणि लगाएतका स्थानीय तहमा भेला तथा सम्मेलन गरेर नयाँ नेतृत्व चयन गरेको जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं(शैलेन्द्र ) ले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित