कृषि मन्त्रि शर्माले गरे हिमचुलि सहकारीको अनुगमन

7
SHARES
15
VIEWS

कालीकोट । कर्नालि प्रदेश सरकारका भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रि भीम प्रकाश शर्माले कालीकोटमा रहेको हिमचुलि कृषि सहकारी संस्थाको अनुगमन गरेका छन । रोपाई दिवसका अवसरमा जुम्ला जाने क्रममा कालीकोट आइपुगेका कृषि मन्त्रि शर्माले अनुगमन गरेका हुन ।

उक्त अनुगमनका क्रममा संस्थाका अध्यक्ष काली बहादुर महताराले संस्थाले गरेका कामको बारेमा जानकारी दिनुका साथै संस्थाले गर्ने व्यवसायिक कारोबारमा आवश्यक सहयोग गर्न अनुरोध गर्दै माग पत्र पेश गरेका छन । सो कार्यक्रममा कृषि विकास कार्यालय कालीकोटका प्रमुख बालकराम देवकोटा,पशु अस्पताल तथा पशु सेवा कार्यालयका कार्यालय प्रमुख लक्ष्मि अधिकारी लगाएतका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक काशिचन्द्र बरालले संस्थाको बारेमा जानकारी गराएको बताइएको छ ।

अनुगमन हिमचुलि कृषि सहकारी संस्थाले गरेको रैथाने वालिको विक्रि वितरण,दुध डेरी लगाएत कारोबारको बारेमा अवलोकन गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यलय बताए । उनका अनुसार अनुगमनका क्रममा मन्त्रालयको तर्फबाट गर्नु पर्ने कुरामा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउदै कृषि र पशु विकास कार्यालयलाई उचित कार्यक्रम गरेर सहकारीका सदस्य मुखि कारोबारमा आवश्यक योजना बनाउन निर्देशन दिएका छन ।

कालीकोट जिल्लामा एक मात्र व्यवसायिक सहकारी संस्था हिमचुलि कृषि सहकारी रहेको र उक्त संस्थाले जिल्लाभर ९ वटा सेवा केन्द्र स्थापना गरेर विभिन्न कारोबार गर्दै आएको छ । हाल यस सहकारीका १४हजार ५ सय ६३ जना शेयर सदस्यमा बचत ऋण,कृषि उत्पादन तथा संकलन,सुपथ मुल्य पसल लगाएतको कारोबार गर्दै आएको बताइएको छ । संस्थाका अध्यक्ष काली बहादुुर महताराका अनुसार स्थानिय निकाय संगको साझेदारीमा विभिन्न कार्यक्रम अघि बढाउने र सदस्यहरुको उत्पादित वस्तुको बजारीकरणको जिम्मेवारी संस्थाले लिने गरी उत्पादन कार्यलाई अघि बढाएको बताएका छन ।

मन्त्रि शर्माले कालीकाेट जिल्लामा रहेका कृषि विकास कार्यलय र पशु अस्पताल तथा पशु सेवा कार्यालय कालीकाेटका प्रमुख सहितका कर्मचारीलाइ आगामि वर्षका लागि समुदायमा आधारित याेजना तय गरेर पठाउन निर्देशन समेत दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित