पचालझरनामा निति तथा कार्यक्रम प्रस्तुत : के के ल्यायो नयाँ कार्यक्रम ?

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाले ११ औं गाउँ सभा मार्फत निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले प्रस्तुत गरेका छन । उक्त निति तथा कार्यक्रममा निम्नानुसार जनताका हितमा हुने कार्यक्रम लागु गर्ने उल्लेख गरिएको छ । १९ पेज लामो निति तथा कार्यक्रममा स्वस्थ्य सरसफाइ,विकास निर्र्माणका काम देखि कृषि क्षेत्रमा गरिने नयाँ कार्यक्रम अघि सारिएको छ ।
१.लोक सेवा तयारी कक्षा संचालन,शिक्षामा अभिप्रेरित र वालविवाह न्युनिकरण गर्न मेला पात होइन पढ्न देउ,विवाह हैन बढ्न देउ
२.एक शिक्षक एक विधा जिम्मेवारी
३.सिक्दै कमाउदै कार्यक्रम र कक्षा १२मा उत्कृष्ट नतिजा ल्याउने
एमविविए तथा प्राविधिक शिक्षामा छात्रबृति र राजनैतिक दल,कर्मचारीहरुका छोरा छोरीलाई सामुदायिक विद्यलायमा पठन पाठन गराउने
४)२४ सैं घण्टा एम्बुलेन्स सेवा,प्राकृतिक चिकित्सा सेवा,स्वस्थ्य संस्थामा सुत्केरी गराउने आमालाई माइतिको नासो र मेरो आमालाई निम्तो कार्यक्रम
५)पालिका स्तरिय एकिकृत घुम्ति स्वस्थ्य शिविर र सफा आंगन मेरो पहिचान कार्यक्रम
६)महिला हिंसा न्युनिकरणका लागि पर सर्ने हैन अब घर सर्ने हो ।
७)१८ वर्ष देखि ६० वर्षका नागरिकहरुलाई अनिवार्य बैंक खाता संचालन गर्ने एक व्यक्ति एक बैंक खाता संचालन गर्ने ।
८) पचालझरनालाई पर्यटन बोर्डबाट सुचिकरणका लागि नापि प्रमाणित गराउने र राष्ट्रिय राजपत्रमा प्रकाशन गरिने ।पचालझरनाको बोर्ड जिल्ला भित्र तथा बाहिर प्रवेश द्धारमा राखिने ।
९)पशुपालक कृषकलाई गाउँ पालिका अध्यक्ष प्रोत्साहन कार्यक्रम र एकल महिलाहरुलाई आय आर्जन गर्ने उपाध्यक्ष आय आर्जन कार्यक्रम लागु गर्ने
१०) हरियो खेतबारी मेरो जिम्मेवारी लागु गर्दै बांझो जमिनको उचित प्रयोग गर्ने ।कृषि उत्पादनमा बृद्धि पचालझरनाको समृद्धि मार्फत फलफुन तथा अन्य कृषि वालिको व्यवस्थापन गर्ने ।
११) सिकर्मि डकर्मि तालिम संचालन गरी दक्ष कामदार उत्पादन गर्ने
१२) लाफा भारपाटा हुंदै नाग्म सडक जोड्ने र जारकोट जिम्जेडी हुंदै खांडाचक्र सम्म सडक विस्तार गर्ने ।
१३)नागरिकता तथा जग्गा सम्बन्धि घुम्ति शिविर संचालन गर्ने ।
१४) आगामि ३ वर्ष भित्त सबै वडाका भौतिक संरचना निर्माण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित