ग्रामिण क्षेत्रमा खुल्दैन क्षयरोगका बिरामी

7
SHARES
15
VIEWS

कालीकोट । ग्रामिण क्षेत्रमा क्षयरोगका बिरामी खुल्न आनाकानि गरेको पाइएको छ । जिल्लामा विभिन्न स्थानमा गरिएको स्वास्थ्य शिविर तथा स्वास्थ्य परीक्षणमा क्षयरोगका लक्षण देखिएपनि रोग लुकाइ राख्ने गरेको स्वास्थ्यकर्मिको भनाइ रहेको छ ।

स्वास्थ्य सेवा कार्यालय कालीकोट को सहजिकरणमा पलाता मा गरिएको क्षयरोग सम्बन्धि आयेजित समिक्षा तथा योजना तर्जुमा कार्यक्रममा सहभागि स्वास्थ्यकर्मिले सो कुरा बताएका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय कालीकोटका डाक्टर रमिता नाथ योगीले गाउँ घरमा स्वास्थ्य कर्मि सहित क्षयरोग सम्बन्धि शिविरमा कुरा सुन्ने तर स्वास्थ्य जाँच आनाकानी गर्ने गरेको बताइन ।

त्यसका लागि स्थानिय सरकारले चेतना अभिवृद्धिमा जोड दिन आग्रह गरेकी छन। उक्त कार्यक्रममा सहभागि स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज नन्दऋषि न्यौपानेले परम्परावादी चेतनाको कमिका कारण रोग लुकाउने गरेको बताए ।

क्षयरोग सम्बन्धि समिक्षामा जिल्ला स्वास्थ्य कार्यलय कालीकोटका कौशल श्रेष्ठले जनप्रतिनिधि तथा वुद्धिजिवि अनविज्ञ रहेको बताए । श्रेष्ठले भने जिल्लाको एक पालीकामा गाउँमा शिविर चलाउदा स्वास्थ्य जाँच नगरेर सुर्खेत गएर कालीकोटमा सिफारिस गरेर औषधि चलाएको बताए ।

स्वास्थ्य शाखा पलाताका प्रमुख धन प्रसाद न्यौपानेले अहिले जसलाइ क्षयरोग देखिएको छ त्यस आसपासका समुदायकाे स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्ने र स्वास्थ्यकर्मिको निग्रानिमा मात्र औषधि खानेमा एक हप्ता सम्म औषधि नदिन निर्देशन दिएका छन् । क्षयरोग का विरामी लाइ स्वास्थ्य कर्मि को रोहवरमार  दैनिक दिन रोहबरमा औषधि दिन आग्रह गरेका छन ।

शाखा प्रमुख धन प्र.न्यौपानेले भनेको समय विरामीलाई चेकजांच गर्न सामाग्री अभाव हुने गरेको बताए ।

क्षयरोग सम्बन्धि पताता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले शयरोग न्यूनिकरण गर्न पलाताका सबै स्वास्थ्याकर्मि निरन्तर लागि पर्न निर्देशन दिएका छन। हाल कालीकोटमा एक सय एक जना विरामी रहेको बताइएको छ । कालीकोट जिल्लामा उपचार दर ९६ प्रतिशत रहेको बताइएको छ । कर्नाली प्रदेशमध्ये डोल्पा भने उपचार दर सत प्रतिशत रहेको पाइएको छ ।

कालीकोटमा क्षयरोग सम्बन्धि किड्स नेपालले पलाता, खाडाचक्र पचालझरना र नरहरिनाथमा किड्स नेपालले काम गर्दै आएको फिल्ड परिचालक अंकित खड्काले जानकारी दिएका छन  । पलाताका प्रमुख प्रशासकिय अधिकृत कर्मसिं वमले माग भएको समयमा औषधि उपलब्ध नभए सन २०३५ मा नेपाल बाट क्षयरोग अन्त नहुने वताए ।

कर्नाली प्रदेशमा एक हजार छ सय ५२ जना विरामी रहेका छन भने नेपालमा ६९ हजार क्षयरोगका विरामी रहेको बताइएको छ । नेपाललाई सन् २०३५ मा क्षयरोग अन्त गर्ने नेपाल सरकारले लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित