देशभरका पांच वटा सहकारी पुरुस्कृत,दुई संघ पुरुस्कृत

7
SHARES
15
VIEWS

काठमाडौं,असार ।२०७६ सालको उत्कृष्ट सहकारी संघ पुरस्कारबाट ९८ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २६ औं संयुक्त राष्ट्रसंघ अन्तर्राष्ट्रिय सहकारी दिवस तथा २७ औं राष्ट्रिय सहकारी महासंघ दिवसको अवसरमा सहकारी संघ/संस्था राष्ट्रिय सहकारी पुरस्कारबाट पुरस्कृत भएका छन् ।

केन्द्रीय सहकारी संघहरुमध्येबाट नेपाल बचत तथा ऋण केन्द्रीय संघ, नेफ्स्कून पुरस्कृत भयो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले उत्कृष्ट सहकारी पुरस्कार संघका अध्यक्ष परितोष पौडेललाई प्रदान गर्नुभयो । पुरस्कार राशी नगद २० हजार रहेको छ ।

त्यसैगरी जिल्लास्तरीय संघहरु मध्येबाट जिल्ला सहकारी संघ लि. बाँके पुरस्कृत भएको छ ।

प्रदेशगत आधारबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट विभिन्न ५ प्रदेशका सहकारी संस्थालाई सम्मान गरिएको छ । जसमा प्रदेश २ बाट साना किसान कृषि सहकराी संस्था, रौतहट, बागमती प्रदेशबाट चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था, काठमाडौं, गण्डकी प्रदेशबाट पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था, कास्की, प्रदेश ५बाट जनउत्थान साकोस, रुपन्देही र कर्णाली प्रदेशबाट हरियो हिरा कृषि तथा जडीबुटी विकास सहकारी संस्था, सुर्खेत पुरस्कृत भए । संस्थाको वित्तीय अनुशासन, नियमितता लगायतका कार्य हेरेर पुरस्कार प्रदान गरिएको महासंघको पुरस्कार छनोट समितीका संयोजक तथा संचालक खेम पाठकले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित