हिमचुलि सहकारी द्धारा जुम्लाकी तारालाई एक लाख ५० हजार विमा राहत

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुली कृषि सहकारी संस्थाका सदस्य विर्ख बहादुर शाही की धर्मपत्नि तारा बमलाई विमा राहत हस्तान्रतण गरिएको छ ।सहकारीका सदस्य रहेका विर्ख बहादुर शाहीको गएको माघ महिनाको २० गते अटोमा नाग्मबाट गाल्जे जाने क्रममा दुर्घटना भएर मृत्यु भएको थियो ।

मृतक विर्ख बहादुर शाहीको धर्मपत्नि तारा कुमारी बमलाई दुर्घटना विमा वापत १ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ । तिलागुफा नगरपालिकाको नाग्म बजारमा होटल व्यवसाय गर्दै आएका शाहीले हिमचुली कृषि सहकारी संस्थामा नियमित बचत तथा कर्जाको कारोबार गर्दै आएका थिए ।

जुम्ला जिल्ला हिमा गाउँ पालिका वडा न.४ खेतु निवासि विर्ख बहादुर शाही की धर्मपत्नि तारा कुमारी बम(शाही)लाई हिमचुलि कृषि सहकारी संस्थाका प्रतिनितिहरुको रोहबरमा तिलागुफा नगरपालिका नगर प्रमुख शंकर प्रसाद उपाध्ययले एक लाख ५० हजारको चेक हस्तान्तरण गरेका छन । उक्त चेक हस्तान्तरणमा हिमचुली कृषि सहकारी संस्थाले यस अघि सदस्यहरुको कर्जा तथा दुर्घटना विमा वापत राहत रकम हस्तान्तरण गर्दै आएकोमा संस्थालाई धन्यवाद दिदै नगर प्रमुख उपाध्ययले सहकारी संस्थाको प्रगतिको कामना सहित जनतालाई राहत पुग्ने गरी काम अघि बढाउन अनुरोध गरेका छन ।

हिमचुली कृषि सहकारी संस्था लि.का तिलागुफा सेवा कार्यालय व्यवस्थापक चन्द्रमणि आर्चायले यस अघि बाढि पहिरोमा परेर मृत्यु भएका पर बहादुर शाहीलाई ३ लाख कर्जा मिनाह सहित ३ लाख राहत प्रदान गरिएको बताउदै दुर्घटनामा परेर मृत्यु भएका कुशराज हमाललाई एक लाख राहत प्रदान गरिएको बताए ।

हिमचुली कृषि सहकारी संस्था लि.ले जिल्ला भरका १५ हजार बढि सदस्यहरुको दुर्घटना विमा गर्दै आएको छ । यस वर्ष मात्रै १० जनाले दुर्घटना विमा वापत एक लाख ५० हजारका दरले १५ लाख बढि राहत दिएको र कर्जा विमा वापत २७ लाख कर्जा मिनाह तथा राहत दिइएको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित