काम नभएको योजनाको भुक्तानि रोकिन्छ —जिल्ला समन्वय प्रमुख शाही

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लामा आर्थिक वर्ष समापनको अन्तिम चरणमा आइपुग्दा विकास निर्माणका कामहरुको अनुगनमा तिव्रता हुन थालेको छ । लामो समय कोरोनाका कारण लक डाउन हुंदा नभएका कामहरु पछिल्लो समय तिव्र गतिमा हुन थालेका छन ।

कालीकोट जिल्लामा संघ र प्रदेश सरकारका योजनाहरुको अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समिति कालीकोटले प्राविधिक सहित अनुगमन गरेको छ ।

जिल्ला समन्वय समिति कालीकोटले पछिल्लो समयमा गरेको अनुगमनका क्रममा अधिकांस कामहरु धिमा गतिमा हुनुका साथै न्युन गुणस्तर रहेको बताएको छ । जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीको नेतृत्वमा गएको टोलिले सान्नित्रिवेणि गाउँ पालिका,रास्कोट नगरपालिका र तिलागुफामा गरेको अनुगमनका क्रममा अधिकांस विद्यालयका भौतिक संरचनाहरु हन नसकेको र सिचाई कुलो लगाएतका केही योजनाहरुका कामहरुमा गुणस्तर हिन सामाग्रिको प्रयोग गरेको देखिएको बताउनु भएको छ ।

ति योजनाहरुको भुक्तानि रोकिनु बताउदै प्रमुख शाहीले समग्र क्षेत्रमा योजनाहरुको काम तिव्रगतिले अघि बढेको बताउनु भएको छ । जिल्ला समन्वय उप प्रमुख लक्ष्मि विष्टको नेतृत्वमा नरहरिनाथ गाउँ पालिका र अन्य सदस्यहरुलाई महावै,शुभकालिका,पलांता र पचालझरनामा पठाइएको र सबै प्रतिवेदन नआएकाले के कस्ता भएको छ भन्ने बारेमा छिट्टै सम्बन्धित निकायमा जानकारी गराइने बताउनु भएको छ ।

जिल्लामा तमाम योजनाहरु छन ।केही स्थानिय निकायले कामको लेआउट गरेका छन कहिले सम्पन्न हुन्छन कठिन देखिएको र अधिकांस योजनाहरु ५ प्रतिशतमा सिमित रहेकाले प्रतिवेदनका आधारमा भुक्तानि दिने वातावरण भएको बताउदै ठगि खाने प्रचलनले अझै निरन्तरता पाएको जिल्ला समन्वय प्रमुख शाहीको भनाई रहेको छ ।

विकास निर्माणका कामहरु लक डाउनको विचमा सम्पन्न गर्ने तिलागुफा,रास्कोट र सान्नित्रिवेणिले गति बढाउनु पर्नेमा वहांको जोड रहेको छ । कालीकोट जिल्लामा समन्वयको प्राविधिक सहितको टोलि लिएर अनुगमन गरेको पहिलो भएको बताइएको छ । प्रमुख शाहीले विगतमा हेरेर आउने भन्दा पनि कति गुणात्मक छ सोको बारेमा आफुले प्राविधिक सहित लिएर जांदा वास्तविक के कति काम भएको छ भन्ने कुराको स्थलगत अध्ययनले देखाएको बताउनु भएको छ । केही स्थानिय तहहरुले काम शुरु नभएका क्षेत्रमा अनुगमन नगराएको बताउदै आगमी दिनमा त्यसो नगर्न सुझाव दिएको बताइएको छ ।

जिल्ला भर अनगुमन थालेको जिल्ला समन्वय समिति कालीकोटले विभिन्न ठाउँमा नियम विपरित काम भएको समेत जनाएको छ । समन्वयका अनुसार सान्निको माछा पोखरी लगाएतका विद्यालयमा ओपिसि सिमेन्टको ठाउँमा पिपिसि हालिएको छ भने पिपिसिको ठाउँमा ओपिसि आलिएको बताइएको छ ।

प्रत्येक गाउँ पालिकाले पनि योजनाको अनुगमन पश्चात मात्र रकम भुक्तानि दिने गरेका छन । अहिले रास्कोट नगरपालिकामा उपमेयर मिमसरा शाहीको नेतृत्वमा अनुगमन टोलि बनाइएको छ भने नरहरिनाथ गाउँ पालिकामा पनि गाउँ पालिका अध्यक्ष धिरबहादुर विष्ट,उपाध्यक्ष मनशोभा बुढा सहितको टोलिले अनुगमन तिव्रता दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित