दशैको अवसरमा शुभकामना दिन गाउँ पुगे प्रदेश सांसद रावत

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेशका सांसद दुर्ग बहादुर रावत विजया दशमिको अवसरमा जनतासंग शुभकामना आदान प्रदान तथा भेटघाटमा रहेका छन। जिल्ला फर्किएपछि सासद रावतले खाँडाच वडा न ५ हुंदै वडास्तरमा जनता संग भेटघाट तथा शुभकामना आदान प्रदानको योजना अघि बढाएको बताइएको छ ।

आज गृहनगर तिलागुफाको वडा नम्बर ९ र १० को चिल्खायामा शुभकाना आदान प्रदान कार्यकम गरिएको बताइएको छ। तिलागुफा नगर पालिका स्थित नेता कार्यकर्ता सहित कार्यक्रम आयोजना गरिएको हो । साथमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा समाजवादी मोर्चा नेपालका प्रदेश सदस्य दिनेश चदारा , वाइसिएल नेपालका केन्द्रिय सदस्य हस्त शाही सहितका नेताहरुको उपस्थितिमा चिल्खायाका समुदायको अवस्था र उनिहरूका माग का बारेमा प्रदेश सांसद रावतले चासो दिएर सुनेका छन।

सांसद रावतले आफूले जनताको साथ पाएर अघि बढेको र जनताका समस्याहरु ५ वर्ष भित्र क्रमश पुरा गर्ने बताएका छन।

प्रदेश सांसद रावत यस अघि संघिय सांसद समेत भइसकेका छन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित