युवा तथा खेलकूद पत्रकारिता पुरस्कारबाट १० जना सम्मानित

7
SHARES
15
VIEWS

काठमाडौं,असार । युवा तथा खेलकूद मन्त्रालयले पत्रकारिताको माध्यमबाट खेलकूद विकासको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ४ जनालाई र युवा पत्रकारिता पुरस्कारबाट ६ जनालाई सम्मान गरेको छ।

खेलकूद पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव तुलाधर, रोशन राउत, केशव पाठक र प्रियालक्ष्मी कार्की सम्मानित भएका हुन् । उनीहरुले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै युवा पत्रकारिता पुरस्कारबाट खगेन्द्र अधिकारी, गीता चिमोरिया, रत्ना कुमारी चौधरी, शुष्मा बराली, निरज न्यौपाने र गंगा खड्का युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।

खेल क्षेत्रको विकास, विस्तारमा पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएबापत सम्मान गरिएको मन्त्री जगत विश्वकर्माले बताए।

खेल क्षेत्रमा देखिएका समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याएर सरोकारवालाहरुको ध्यानाकर्षण गर्न र युवा क्षेत्रका समस्या उजागरका लागि पत्रकारिताको माध्यमबाट ठूलो योगदान पुर्‍याएको उनले बताए।

मन्त्रालयले एन्टी डोपिङ मोबाइल एप्स पनि सार्वजनिक गरेको छ । नेपाली खेलकूद क्षेत्रको इतिहास र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुलाई प्रविधिको माध्यमबाट सो एपले सहयोग गर्ने मन्त्री विश्वकर्माले बताए।

विगतमा नेपाल सरकारले गरेका खेलकूद गतिविधिहरु र नेपाली खेलाडीहरुले प्राप्त गरेका उपलब्धिहरुको अभिलेखीकरण नभएकाले त्यसलाई व्यवस्थित गर्न डिजिटल माध्यमको खाँचो भएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित