स्वर्गको टुक्रा रास्कोटका थात

7
SHARES
15
VIEWS

१)धेरै सुन्दर डाँडाकाँडा ,कठै! रास्कोटका थात।

बुढा पाका गर्नु हुन्छ , इतिहासका बात।।

२) सेतामय हिमचुलि, कति राम्रो बन ।

लाला पाटन हेर्ना जसा ,रास्कोट जाउँ पन।।

३)छेडादह, वड्डा दुन ,छेत्तडी गेरु खोला।

कति राम्रो लेकाली ठाउँ नबिर्सिनु होला ।।

४)काँस गाउँ र कोट गाउँमा , भेटिन्थे बन्मान्छे ।

भावने बूढो, जंगल भित्र, वन हेर्न जान्थे ।।

५)कति राम्राे रास्काेट ठाउँ,कठै रास्काेटकाे थात।

बुढा बुढी गर्नु हुन्थ्यो , इतिहासका बात।।

६) घोडा दाउनी घोडी लास, कोटामा बस्थ्य राजा ।

चार किल्ला यथार्थ नै छ , देखिदै छ ताजा।।

७)गौतु कोट गाई चराउने, सेतीकोट छाउनी।

घोडाघोडी कुदाउने ,सुन्दर घोडा दाउनी।।

८) रास्कोट बन्ने अनौठो छ , खोजेको पाइन्छ ।

सबै जातका जडिबुटी, औषधि चाहिन्छ।।

९) रास्कोटका स्थाइ सम्पत्ति, प्रशस्तै छन् मुला।

सबै नर नारी खेती गर्छन्,कोहि हुँदैनन् ठूला।।

१०) पुराना राजाको बस्ने, उत्तम रास्कोटको ठाउँ।

आधुनिक नाम हुँदै होइन, परापूर्वकाल को नाउँ।।

११) एकिकृत मिलेका छन् ,सबै गाउँमा बस्ती।

यही रास्कोटमा मिलिजुली , सबै गर्छन मस्ती।।

१२) रास्कोट भन्नु स्वर्ग नै हो, अति सुन्दर गाउँ त।।

बाटा घाटा खुली सके ,एकपटक हेर्न जाउँ त।।

१३) डील दाल छ भिटा भात छ, तिउन छ अर्गानी।

रास्कोट अाउनु हेरेर जानु, सौन्दर्यको खानी।।

१४) चिसो हावा ठनडो पानी, निःशुल्कमा पाउनु।

रास्कोटको सौन्दर्य हेर्न, एकपटक अवश्य अाउनु।।

१५) सुनमा सुगन्ध जस्तो, रास्कोटको थात।

एक पटक सुन्नै पर्छ, वृद्धहरूका बात।।

१६) पन्चदेवल मुग्राँहाँ ,शिलालेख ढुंगेधारा।

फलफूल सहित जाउलो, खानु हेर्न आउनु सारा।।

१७) फुकोटको हाइड्रोपावर, दर्ता भयो माथी।

रास्कोटको लहरे पैठ, देउडा हेर्न आउनु साथी ।।

१८) रास्कोटको वालीनाली, भदुअ मल्कन्छ।

त्रिवेणीको बाटो खुल्या, रास्कोट झल्कन्छ।।

१९) चणिपानी चल्ले काध,सिप्टी लेख धुरा।

सबै ठाउँ हेरेर आउनु, नराख्नु अधुरा।।

२०) चौदसि रमाइलो हुन्छ, रास्कोटको मेला।

नरनारीको जात्रा लाग्छ ,सबै हुन्छन् भेला।।

२१) पूर्व-पश्चिम ठूला खोला, दक्षिण कर्णाली।

अन्य ठाउँमा जंगलै छ, हाल जस्ता जाली।।

२२) सबै जाति एकै भाषा, एकै धर्म मान्छन्।

राजनीतिमा सल्लाह गरि,एकै छाप हान्छन्।

२३) संस्कृतिको सभ्य ठाउँ हो, गर्छन् पूजाआजा।

खाल्टो भित्र अन्न रक्छन् , खाना खान्छन् ताजा।।

२४) कालिकोट कान्छो जिल्ला रास्कोट, राजाले रोजेको।

खोले राजा घुम्दै फिर्दै ,राम्रै ठाउँ खोजेको।।

२५) जुम्लाबाट रास्कोटलाई केही पनि हेरेन।

कान्छो जिल्ला नबन्धक सम्म काँछुली फेरेन।।

१६) यातायातमा वञ्चित, रास्कोट कुनु पारिदियो ।

राणाशासनका पिठु हरुले ,धेरै धोका दियो।।

२७) कठै! कति राम्रो ,कति उत्तम राजकोटको थात।

बुढापाका गर्नुहुन्थ्यो, इतिहासका वात।।

२८) तुसार खोला, लणे खोला ठुलै छन् झरना(पुक्छहहि र धुवानेछहि)।

सिद्ध पाइला रास्कोटै छन् , धेरैछन् चरना(ढोकअन्ना)।।

लेखक

मणिराम न्यौपाने

पूर्व शिक्षक हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित