गौ हत्या सम्बन्धि भ्रममा नपर्न समितिको आग्रह

7
SHARES
15
VIEWS

कालीकोट,असार । जिल्लाका पचालझरना गाउँ पालिकामा सडक निर्माणका क्रममा गौ हत्याको आरोप प्रति निर्माण समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

गाउँ पालिका केन्द्र भनिएको पणेक्षा देखि अल्के सम्मको सडक निर्माणका क्रमा डोजर चल्ने क्रममा कुनै पनि जनावरको हत्या नभएको दावि गरिएको छ । पणेक्षा–अल्के सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पौरख विकले डोजरका कारण गौ हत्या नभई बाटोमा गाई बास बसेको र सोही क्रममा लडेर मरेको बताउदै राजनैतिक पुर्वाग्राहीका आधारमा सामाजिक संजालमा आउनु राम्रो नभएको बताउनु भएको छ ।

वास्तविक घटना के कसरी भएको सोको बारेमा नबुझि अन्धोले हाति छामे जसरी आरोप लगाउनु व्यक्तिगत फाईदा बाहेक अरु केही नभएकाले गौ हत्या गरिएको नभइ लडेर मरेको बताइएको छ । सडक निर्माण हुने पणेक्षामा मरेको गाईको मालिक तिन जनाले दावि गर्नुले गौ हत्याको आरोप लगाउन नहुने वहांको भनाई रहेको छ ।यदि सडक निर्माणका क्रममा मरेको भए कार्वाही भोग्न तयार रहेको समितिले स्ष्पट पारेको छ ।

के कति कारणले गौ हत्या भएको भन्ने बारेमा गाउँ पालिका अध्यक्ष,इलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुको रोहबरमा छलफल भएको बताइएको छ । उक्त मरेको गाई कस्को हो भन्ने बारेमा खुले पछि त्यसको क्षतिपुर्ति तिर्न समिति तत्पर रहेको बताइएको छ ।

कर्नालि प्रदेश सभा संसदको ८० लाख बजेटमा उपभोक्ता समिति मार्फत वडा न। ४ पणेक्षा देखि वडा न. २को अल्के सम्म सडक निर्माणको काम भईरहेको छ ।
पचालझरना गाउँ पालिकामा लक डाउनको अवधिका २ किलोमिटर बढि सडक निर्माण भइसकेको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित